बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङ,२२ असोज ।
गंगाजमुना गाउँपालिका वडा नं ३ मा सिसा तथा प्लास्टिकजन्य मदिरा पेय पदार्थको प्रयोगमा कडा प्रतिबन्ध लगाएको छ । गंगाजमुना गाउँपालिका वडा नं. ३ मा सम्पन्न भएको सर्वदलीय बैठकले सिसा तथा प्लास्टिकजन्य मदिरा पेय पदार्थको प्रयोगमा कडा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
उक्त बैठकमा वडा स्तरीय जनप्रतिनिधि, बुद्धिजीवी, महिला समूह, टोल विकास समिति तथा स्थानीय नागरिकहरूको सहभागिता थियो। बैठकमा सर्वसम्मत निर्णय गर्दै यस वडाभित्र हुने विवाह, बर्तबन्ध लगायतका सामाजिक समारोहहरूमा सिसा तथा प्लास्टिकजन्य आयातित मदिरा पेय पदार्थको ओसारपसार, विक्री वितरण, सेवन तथा प्रयोगलाई पूर्ण रूपमा निषेध गरिएको जानकारी दिइएको छ।
वडा अध्यक्ष राज कुमार गुरुङले जारी गरेको सूचनामा भनिएको छ, “यो निर्णयको उल्लङ्घन गर्ने कुनै पनि व्यक्ति वा संस्थालाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ।“
साथै, वडा कार्यालयले जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, स्थानीय बुद्धिजीवी, समाजसेवी, महिला समूह, टोल विकास समिति, सरसफाई समिति, नेपाल प्रहरी र जनताको सक्रिय सहभागितामा यस अभियानलाई सफल बनाउन अनुरोध गरेको छ।
यस निर्णयबाट वडाभित्र हुने सामाजिक समारोहहरूलाई मदिरा रहित बनाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ । साथै, यसले समाजमा मदिराजन्य बानी–व्यवहारलाई नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |