वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ,१७ असोज ।
पृथ्वी राजमार्गमा बढ्दो सवारी चाप र चाडपर्वलाई मध्यनजर गर्दै धादिङ जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्र बनाएको छ।
बुधबार साँझ अनुगमनका क्रममा बेनिघाट रोराङ गाउँपालिका–३ मा रहेको पिस हेभन रेष्टुरेन्ट एण्ड रिसोर्टलाई रु २० हजार जरिवाना गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले खाद्य वस्तु खुला छोडेको र त्यसमा झिँगा भन्किरहेको फेला परेको कारण जरिवाना तिराइएको हो, जसलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को उपदफा ३९ अनुसार कारबाही गरिएको छ।
टोलीले पुनः यस्तो गल्ती भेटिएमा कडा कानुनी कारबाही गरिने चेतावनी पनि दिएको छ। अनुगमनमा धादिङ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाही र उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चुणामणि पुरीको पनि उपस्थिति रहेको थियो। अनुगमनले पृथ्वी राजमार्ग अन्तर्गत पर्ने गजुरी गाउँपालिकाको आदमघाट र मलेखु क्षेत्रमा रहेका होटल, रिसोर्ट, र खाद्यान्न पसलहरूको पनि निरीक्षण गरेको थियो।
धादिङका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला अनुगमन समितिका संयोजक युवराज अर्यालका अनुसार चाडपर्वका समयमा अखाद्य वस्तु बिक्री, मूल्यभन्दा बढी शुल्क लिने, र सरसफाइमा कमी भएको गुनासो आएपछि अनुगमनलाई तीव्रता दिइएको हो।
चाडपर्वमा उपभोक्ताहरूलाई ठग्ने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने र लेबल नभएका वस्तुहरू बेच्ने गतिविधिहरू बढी हुने भएकाले कडा अनुगमनको आवश्यकता रहेको उनले बताए।
यात्रीहरूले पनि चाडपर्वको समयमा पृथ्वी राजमार्गमा सञ्चालित होटलहरूले खानाको मूल्यमा बढी शुल्क लिने गरेको गुनासो गर्दै आएका छन्।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।