वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ,३० भाद्र ।
स्वास्थ्य सम्बन्धि सम्पादित कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि धादिङबेशीमा सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा भएको दुई दिने वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि आईतबार सम्पन्न भएको हो ।कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ मा भएका स्वास्थ्य कार्यक्रमहरुको समिक्षा तथा प्रस्तुतिकरण गरिएको थियो भने कार्ययोजनाको निमार्ण समेत गरिएको थियो ।
जिल्लाका १३ वटा स्थानिय तहमध्ये स्वास्थ्य सुचकको आधारमा नीलकण्ठ नगरपालिका प्रथम, बेनीघाट रोराङ गाउँपालिका दोस्रो र गजुरी गाउँपालिका तेस्रो भएको छ ।नीलकण्ठ नगरपालिकाले ७९ अङ्क ल्याएर प्रथम भएको छ भने बेनीघाट रोराङ गाउँपालिकाले ७८ र गजुरी गाउँपालिकाले ७५ अङ्क ल्याउन सफल भएको छ ।
कार्यक्रममा पहिलो दास्रो र तेस्रो हुने पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

जनस्वास्थ्य कार्यलय धादिङका निमित्त प्रमुख श्याम प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको वार्षिक समिक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विक को प्रमुख आतिथ्य तथा प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको विषेश आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङक अधिकृत राजन चालिसे, धादिङ अस्पतालका डा. गगन अधिकारी, जिल्लाका १३ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु, जनस्वास्थ्य कार्यलय धादिङका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।


मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।