तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङबेशी । नेपाल क्षयरोग निवारण संस्था जिल्ला कार्य समिति धादिङको २७ औं बार्षिक साधारणसभा तथा नवौ अधिबेशन सम्पन्न भएको छ । शनिबार नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय महासचिव राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारण सभा तथा अधिशेन सम्पन्न भएको हो ।
अधिवेशनले चन्द्र बहादुर लम्सालको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । निर्वाचित समितिको उपाध्यक्षमा विष्णुमाया सिलवाल,सचिवमा बलराम खत्री,कोषाध्यक्षमा विष्णुलाल श्रेष्ठ,सह– सचिवमा मधुसुदन अर्याल रहेका छन् । त्यसैगरी सदस्यहरुमा केशरी प्रसाद पन्त,दामोदर न्यौपाने,मायादेवी श्रेष्ठ,उर्मिला तिमल्सिना,भद्रलाल पोखरेल र बद्री अधिकारी रहेका छन् ।
साधारण सभामा संस्थाका सचिव चन्द्र बहादर लम्साल र कोषाध्यक्ष विष्णुलाल श्रेष्ठ द्धारा प्रस्तुत गरिएको प्रतिवेदनहरु सर्व सहमत पास गरिएको छ । शनिवार नै नवनिर्वाचित समितिको पहिलो बैठक समेत सम्पन्न भएको छ । समितिको पहिलो बैठकले निर्विरोध कार्यसमिति निर्वाचित गर्नुभएकोमा निर्वाचन मण्डल,पुर्व अध्यक्षहरु, आजीवन सदस्यहरुलाई धन्यावाद प्रकट गर्दै कार्यसमितिको सदस्यमा डा. रामचन्द्र रिजाल र श्रीकृष्ण अधिकारीलाई मनोनित समेत गरेको छ ।
कार्यक्रमका केहि झलकहरु

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |