Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

धादिङ अस्पतालमा मेमोग्राम सेवा सुरु

नीलकण्ठ एफ.एम ५२२९ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र ११, मंगलबार (२ साल अघि)
धादिङ अस्पतालमा मेमोग्राम सेवा सुरु

धादिङबेशी । धादिङ अस्पतालमा मेमोग्राम सेवा सुरु भएको छ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले एक कार्यक्रम बिच मंगलबार धादिङ अस्पताललाई मेसिन हस्तान्तरण गरि सेवा सुभारम्भ गरे संगै मेमोग्राम सेवा सुरु भएको हो ।

बागमती प्रदेशको स्वास्थ्य आपुर्ती केन्द्रबाट करिव ३ महिना अघि प्राप्त गरेको मेमोग्राम मेसिन जडान, हस्तान्तरण र बिशेषज्ञ चिकित्सक ब्यवस्थापन हुन नसक्दा सेवा सुभारम्भमा ढिलाई भएको थियो । मेमोग्राम मेसिनको मुल्य सवा करोड बराबरको रहेको छ ।

मंगलबारबाट सुरु भएको मेमोग्राम सेवा नियमित रुपमा संचालन हुने धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. गगन अधिकारीले बताउनु भयो । हाल धादिङ अस्पतालबाट दोस्रो र चौथो शनिबार नियमित रुपमा बिशेषज्ञ चिकित्सक सहित मेमोग्राम सेवा संचालन गर्ने र अन्य दिन आकस्मिक रुपमा मात्रै सेवा सुचारुको तयारी गरिएको छ ।

बिशेष गरी महिलाहरुमा खानपान,जीवन शैली र वंशाणुगत लगाएतका बिबिध कारणले साउथ एसिएन कन्ट्रिहरुमा स्तन क्यान्सको समस्या धेरै देखिने गरेको र क्यान्सर भएपछि सर्जरीहरु गर्नुपर्ने, कतिपयको त मृत्यू समेत हुने गरेकोमा यसको रोकथामका लागी समयमै स्क्यानिङ गरि पत्ता लगाउन मेमोग्राम मेसिनको प्रयोग गर्ने गरिएको निमित्त निर्देशक अधिकारीले बताउनुभयो । उहाँले ४० बर्ष काटेका सम्पूर्ण महिलाहरुले मेमोग्रामबाट एकपटक परिक्षण गर्न आवश्यक रहेको समेत बताउनु भयो । क्यान्सरको प्रारम्भीक चरण मेमोग्राम परिक्षण बाट थाह हुनेछ ।

२०८० साल पौष ३ गते देखि १०० वेडको अस्पतालमा स्तरउन्नती भएको धादिङ अस्पतालले हाल बिभिन्न बिशेषज्ञ सेवा संचालन गरिरहेको छ । हाल धादिङ अस्पतालले जनशक्ति अभाव, भौतिक पुर्वाधारको कमी, पुराना सामाग्रीहरुको लिलामीमा समस्या र अनियमित विद्युत सेवाको समस्या झेल्दै आएको छ ।

पछिल्लो समय बिशेषज्ञ चिकित्सकद्धारा प्रभावकारी सेवा संचालन गर्न सफल भएको धादिङ अस्पतालबाट आगामी दिनमा धादिङबासीले सिटी स्क्यान, ईन्डेसकोपी र पाठेघरको क्यान्सर परिक्षण लगाएतका सेवाहरु बिस्तारहुनुपर्ने अपेक्षा राखेका छन् ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाद्धारा धादिङ अस्पतालको अनुगमन

धादिङ अस्पतालमा मेमोग्राम सेवा समुद्घाटन गर्न धादिङबेशी आईपुग्नु भएका बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले धादिङ अस्पतालको सेवा प्रवाहको बारेमा अनुगमन गर्नु भएको छ ।

उहाँले धादिङ अस्पतालको प्रत्येक शाखाहरुमा पुगी सेवा प्रवाहको अनुगमन गर्नु भएको हो । मन्त्री थापाले सेवाग्राही संग प्रश्न राख्दै धादिङ अस्पतालले गरेको सेवा प्रवाहमा बिश्वस्वनीयता र सन्तुष्टि समेत जाँच गर्नु भएको थियो । उहाँले अनुगमनको क्रममा धादिङ अस्पताललाई आवश्यकीय भौतिक पुर्वाधार लगाएत उपकरणहरु सहयोगमा प्रतिबद्धता जनाउनु भएको छ । उहाँले धादिङ अस्पताललाई थप २ वटा डाईलेसिस मेसिन हस्तान्तरण गर्ने समेत स्पोटबाटै प्रतिवद्धता ब्यक्त गर्नु भयो । उहाँले अस्पतालको आधारभुत आवश्यकता परिपुती गर्ने बिषय आफुलाई सदैव चिन्ता र चासोको बिषय भएको बताउनु भएको छ ।

धादिङ अस्पतालमा हाल १७ जना बिशेषज्ञ चिकित्सक, १५ जना मेडिकल अधिकृत, ५ जना डेन्टल चिकित्सक लगाएतले टिमले २० जनाको नियमित डायलासिस सेवा, विभिन्न किसिमको अपरेशन सेवा, बिभिन्न किसिमका ओपिडि सेवा, आकस्मिक सेवा लगाएतको सेवाहरु संचालन गरिरहेको छ ।

मेमोग्राम सेवा शुभारम्भ कार्यक्रममा प्रदेश साम्सद गोबिन्द लम्साल, मायादेवी शर्मा, डम्बर तामाङ, नीलकण्ठ नगरपालिका उप-प्रमुख दिपक बिश्वकर्मा, धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका केहि झलकहरु

मेमोग्राम सेवाबारे यसो भन्नुहुन्छ धादिङ अस्पतालका निमित्त अस्पताल निदेशक डा. गगन अधिकारी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

    वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

  • गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

  • भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

  • समाचार
    वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

    वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0