ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
धादिङ,१० भदौ
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर र ६ मा रहेको श्री विश्व भागवत धाम धार्मिक बन समितिलाई हस्तान्तरण गरिएको छ । सो बन ०.४० हेक्टरमा फैलिएको छ ।त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा अवस्थित नरसिंह धाम धार्मिक बन बन समितिलाई हस्तारण गरीएको छ । उक्त बन २२.५९ हेक्टरमा फैलिएको छ । यसैगरी सोहि वडाको पान्धारे दुग्धनाथ महादेव मन्दिर धार्मिक बन पनि समितिलाई हस्तान्तरण गरीएको छ । उक्त बन पनि ८.८९ हेक्टर क्षेत्रमा फैलिएको छ ।श्री कृष्ण जन्मअष्टमी दिन एक कार्यक्रमको बीच तिनै वटै धार्मिक बन हस्तान्तरण गरीएको छ ।

यसअघि धादिङमा २ वटा धार्मिक बन दर्ता भएका थिए । यो सँगै जिल्लामा धार्मिक बनको संख्या पाँच वटा पुगेको डिभिजन बन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आर्चायले जानकारी दिनुभयो ।डिभिजन बन कार्यालय धादिङका प्रमुख आर्चायले धार्मिक वन समितिका अध्यक्षहरुलाई प्रमाणपत्र दिएर धार्मिक वन हस्तान्तरण गर्नुभएको थियो । सो क्रममा बोल्नुहुँदै आर्चायाले धार्मिक वन आफैँमा महत्वपूर्ण रहेको र वन संरक्षणमा युवालाई समेत सहभागिता गराउनुपर्नेमा जोड दिनुभयो ।धार्मिक वनको संरक्षण गर्ने गरी आज समितिलाई वन हस्तान्तरण भएको छ ।वनमा रुख बिरुवा घट्दै गएको र अतिक्रमण हुँदै गएका बेला यसरी धार्मिक वनले संरक्षणमा सहयोग मिल्ने आर्चायले विश्वास व्यक्त गर्नुभयो ।v
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |