तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
त्रिशूली (नुवाकोट), १० साउन
त्रिशूली अस्पतालले ‘सिटी स्क्यान’ सेवा सुरुआत गरेको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिटी स्क्यान उपकरण जडान गरिएको त्रिशूली अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिनुभयो ।
“जिल्लाको सरकारी अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउँदा बिरामीलाई सहुलियत शुल्कमा परीक्षण गराउन सकिने सुविधाजनक अवसर प्राप्त भएको छ,” निर्देशक डा लामाले भन्नुभयो, “बिरामीको रोग पत्ता लगाउन सहज भएसँगै अस्पतालले प्रवाह गर्ने सेवा र अस्पतालप्रतिको विश्वास समेत बढाउन उल्लेख्य सहयोग पुग्नेछ । बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यता अब अन्त्य भएको छ ।”
शरीरको भित्री अङ्गका रोग तथा चोटपटक थाहा पाउन अति नै महत्वपूर्ण मानिने सिटीस्क्यान उपकरणले मस्तिष्क, टाउको, घाँटी, छाती, पेट, आन्द्रा, कलेजो, फोक्सो, नशालगायत शरीरको भित्र अङ्गका रोगको पहिचानका लागि प्रभावकारी मानिने गरिएको छ । उपकरणका सहायताले सघन प्रकृतिका रोगको समस्या पहिचान गरेर त्यसको समयमै निदानका लागि प्रभावकारी मानिने निर्देशक डा लामाको भनाइ छ ।
अस्पतालले सिटी स्क्यान सेवा उपभोगका लागि रोगका प्रकृति र जाँच गर्नुपर्ने अवस्था हेरेर रु तीन हजार देखि रु आठ हजारसम्म शुल्क निर्धारण गरेको छ । उक्त शुल्कमा स्वास्थ्य बीमा गरेका बिरामीले १० प्रतिशत मात्रै नगद भुक्तानी गरे हुने भएकाले बिरामीले रु एक हजारभन्दा कम शुल्कमा नै सिटी स्क्यानको सबै सुविधा उपभोग गर्न पाउनेछन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |