Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ बैशाख २६, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • मोवाईल किन्दा धादिङमा स्कुटर उपहारमोवाईल किन्दा धादिङमा स्कुटर उपहार
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित
  • जिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्नजिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्न
  • धादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधिधादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि

विचारः चेपाङले चिनेको, समाजले नचिनेको चिउरी

४३७ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ ३२, सोमबार (९ महिना अघि)
विचारः चेपाङले चिनेको, समाजले नचिनेको चिउरी

रामकुमार एलन

चिउरी एक प्रकारको बहुउपयोगी वनस्पति हो । समुद्री सतहबाट दुई सय मिटरदेखि एक हजार पाँच सय मिटर उचाइका भिरपाखा, नदी किनार तथा खोँचका ओसिलो माटोमा हुर्कने र सप्रिने चिउरीको कुनै पनि भागलाई उपयोगमा ल्याउन सकिन्छ । विशाल छाँयादार चिउरीका रूखहरु सप्रेको ठाउँमा २०–२५ मिटरसम्म अग्लो र १०–१५ फुटसम्म गोलाइ हुने गर्छन् । प्राकृतिक अवस्थामा चिउरी सय वर्षसम्म सजिलै बाँच्न सक्ने रूख प्रजाति हो । चिउरी मकवानपुर, धादिङ, चितवनसहित विभिन्न जिल्लामा फैलिँदै गरेको अल्पसङ्ख्यक चेपाङ समुदायको संस्कृति र सभ्यतासँग जोडिएको वनस्पति पनि हो । समुन्द्र सतहदेखि १५ देखि २० मिटर उचाइ हुने चिउरी १२ वर्षदेखि ७० वर्षसम्म फल्छ भने एउटा रूखले कम्तीमा ५० देखि एक सय ५० किलोग्रामसम्म उत्पादन दिने गर्छ ।

पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्म नै चिउरी पाइए पनि मध्यनेपाल र सुदूरपश्चिम क्षेत्रमा बढी पाइन्छ । बागमती प्रदेशमा मकवानपुर, चितवन, धादिङ चिउरी पाइने प्रमुख जिल्ला हुन् । घमाइलो पाखाको ओसिलो माटोमा चिउरी बढी सप्रिने गर्दछ । चिउरीको फल साना, अन्डाकार दुई सेमीसम्म लम्बाइका पाइने गर्छन् । फलको बाहिरी भाग गुदियुक्त, रसदार स्वादिष्ट हुन्छ भने बीचमा बियाँँ रहेको हुन्छ ।

हल्का पहेँलो रङको फूल हुने चिउरी असोज कात्तिकमा फुल्न सुरु भई माघ महिनासम्म फुल्ने गर्दछ । फागुनदेखि असारसम्म बोटमा फल लाग्छ । फल काँचोमा हरियो र पाकेपछि पहेँलो हुन्छ । फलभित्र एकदेखि तीन वटासम्म बियाँ हुन्छन् । बजारमा चिउरीको माग उच्च रहेको छ । प्रतिकेजी रु ७० को दरले चिउरी बिक्री हुने गरेको छ । एउटै रूखमा डेढ क्विन्टलसम्म चिउरीका बियाँ उत्पादन हुने गरेको छ ।

यतिबेला चिउरीको नयाँ बिरुवा लगाउने समय पनि सुरु भएको छ । वनस्पति विज्ञहरुका अनुसार बीउबाट चिउरीको विरुवा उमार्नु र खेतीका रुपमा लगाउनु उत्तम हुन्छ । असार–साउनमा पाकेको पहेँलो भएको चिउरीको फलबाट बीउ निकाल्नु उत्तम मानिन्छ । बियाँ धोएर छायाँमा सुकाएर फलबाट निकालेको सात दिनभित्र रोप्नु राम्रो हुन्छ । पात कुहेर बनेको जङ्गलको मलिलो माटो, बलौटे माटो र राम्ररी पाकेको गाईवस्तुको मल मिसाएर बनाइएको माटोमा बीउ रोप्दा बियाँ १२ घण्टा अगाडि भिजाउनु उपयुक्त हुने बताइएको छ । असार, साउन र भदौसम्म बीउ रोप्न सकिने बताइएको छ । २० देखि ४० सेन्टिमिटर अग्लो भएको विरुवा रोप्नु उपयुक्त हुन्छ । पाँच वर्षसम्म यसलाई मलजल गर्दा पुग्छ । चिउरी रोपेको बाह्र वर्षदेखि ७० बर्षसम्म फल्ने गरेको छ ।

बहुपयोगी चिउरी

चिउरी अत्यन्त गुणकारी र लाभदायक वनस्पति हो । यसको पातदेखि बिया फल, फूल, रूख सबै उपयोगी हुनाले यसलाई ‘कल्पवृक्ष’ पनि भन्ने गरिन्छ । फूल मात्रै होइन, चिउरीको चोप पनि सिकार गर्न प्रयोगमा आउँछ । चिउरीको चोप निकालेर लिसो बनाएर चराको सिकार गर्न सकिन्थ्यो । यसको बियाँबाट घीउ वा तेल निकालिन्छ भने पिना माछा मार्न विषका रुपमा र अन्नबालीमा मलका रुपमा प्रयोगमा हुने गर्छ । खुट्टा फुटे, घुँडा दुखे, अनुहारमा दाग आए यसको घीउ प्रयोग गर्न सकिन्छ । यस्तै, चिउरीको घीउ साबुन र मैनबत्ती बनाउन पनि प्रयोग गर्न सकिन्छ । चिउरीको घीउ कोलस्ट्रोलरहित हुने भएकाले मानव स्वास्थ्यका निम्ति लाभदायक मानिन्छ ।

फलबाट जुस, जाम र रक्सी पनि बनाउन सकिन्छ । चिउरीको फूलको रसबाट बनेको महको बजारमा छुट्टै मूल्य छ । स्वादिष्ट र पौष्टिक हुने बताइन्छ । पिनाबाट जैविक मल र कीटनाशक औषधि बनाउन सकिन्छ । हिलोले खुट्टा खाँदा औषधिका रुपमा पनि पिना प्रयोग गर्न सकिन्छ । चिउरीको काठबाट विभिन्न फर्निचरजन्य सामग्री निर्माण गर्न सकिन्छ । तेल तरकारी पकाएर खान तथा जीउ दुखेमा लगाउने गरिन्छ । चिउरीको पात गाईवस्तुलाई खुवाउन र टपरी गाँस्न प्रयोग गरिन्छ ।

चेपाङ र चिउरीको सम्बन्ध

चेपाङको रैथाने बसोबास चुरेक्षेत्र र महाभारतको विकट पहाडी क्षेत्र हो । यिनीहरु चितवन, मकवानपुर र धादिङका भूमिपुत्र र यहीँ उत्पत्ति भएको मानिन्छ । चेपाङ समुदायको चिउरीसँग अन्योन्याश्रित सम्बन्ध रहेको छ । चेपाङले चिउरीका कुनै पनि चीज खेर फाल्दैनन् । चिउरीका सबै चिज उनीहरुको दैनिकीमा प्रयोग हुने गरेको छ । पहिला चिउरीको पात खाना खान प्रयोग हुन्थ्यो भने दुनाटपरी बनाउन प्रयोग हुन्थ्यो । चिउरीको फूलको रस सङ्कलन गरेर खानाका रुपमा खाने चलन थियो । चिउरी फुलेका बेला रस सेवन मात्रै होइन, अलि पहिला चमेरोको सिकार खेल्ने वातावरण पनि बन्थ्यो । चिउरीको फूल फुलेका बेला चमेरो फूल खान राति आउँदा चेपाङ समुदाय फूलमा जाल थापेर चमेरो मार्थे । चमेरो आएपछि मात्रै चिउरीको फूलमा परागसेचन हुने गर्दछ । यसरी, चिउरीको पात, फूलको रस र फूलमार्फत चमेरोको शिकारसँग चेपाङ समुदायको जिन्दगी जोडिएको थियो ।

चैत, वैशाख र जेठमा चेपाङ समुदाय अहिले पनि सङ्कटमा पर्छन् । यो समय चेपाङ समुदायमा अनिकाल पर्ने समय हो । यस्तो बेला अनिकालको सञ्जीवनी बुटी नै हुने गरेको छ चेपाङ समुदायलाई चिउरी । वैशाखमा चिउरीको दाना लाग्दछ । दाना सङ्कलन गरी खानाकै रुपमा प्रयोग गर्न सकिन्छ । अनिकालका समयमा चेपाङको जीवन धान्ने बुटी चिउरी हुने गरेकाले मकवानपुर, चितवन, धादिङका चेपाङ समुदाय चमेरो र चिउरीका पर्याय नै बन्ने गरेका थिए ।

चेपाङ समुदायको सभ्यता र संस्कृतिसँग जोडिएको चिउरी बहुआयामिक जडीबुटीजन्य र औषधि पनि हो । चेपाङ समुदायको किंवदन्ती सुन्ने हो भने पहिला चिउरीको घीउ पशुपति र स्वयम्भूमा बत्ती बाल्न प्रयोग हुन्थ्यो । चेपाङहरु घीउ बोकेर नागढुङ्गा हुँदै काठमाडौँ जान्थे । विसं २०१३ मा त्रिभुवन राजमार्ग (नागढुङ्गादेखि नौबिसे) र २०२४ सालमा पृथ्वी राजमार्ग (नौबिसेदेखि मुग्लिन) खुलेपछि काठमाडौँमा घीउ बोकेर जाने चलन हराउन थाल्यो ।

चिउरी बहुउपयोगी र बहुमूल्य गुण भएको वनस्पति हो । चेपाङ समुदायमा छोरीको विवाह हुँदा चिउरीलाई पितृप्रसादका रुपमा ग्रहण गर्ने चलन छ । चिउरीले अनिकालबाट चेपाङको प्राण धान्ने भएकाले छोरीलाई विवाह गरेर पठाउँदा चिउरीको रूख दाइजोका रुपमा दिने प्रचलन पनि छ । चेपाङ समुदायको जनजीविका र दोस्रो पुस्ताको घरजम व्यवस्थापनमा समेत चिउरी जोडिने गरेपछि चेपाङ चिउरीलाई सङ्कटको विकल्प ठान्छन् । चिउरी उनीहरुको जिन्दगीसँग जोडिएको बहुउपयोगी बनस्पति हो । त्यसैले फागुनमा चिउरी फुलेपछि चेपाङ खुसी हुन्छन् । अनिकालमा चिउरीको फूल फुलेपछि गाउँमा चमेरो आउँछ । चमेरो आएपछि मात्रै चिउरीका फूलमा परागसेचन हुन्छ भने चमेरोलाई मासुका रुपम उपभोग गर्न पनि पाइन्छ । साउनसम्म चिउरीले चेपाङ समुदायको जिन्दगी धानिदिन्छ । भदौमा नयाँ बाली भित्रिन्छ । नयाँ बाली भित्र्याएर भदौ २२ गते राष्ट्रिय पर्व न्वागी (छोनाम) मनाउँदासम्म केही समय चेपाङ समुदाय चिउरीमा आश्रित हुन्छन् ।

चिउरीखेती प्रवद्र्धन

पछिल्लो समय बजारमा चिउरीको उपभोग र बिक्री बढ्न थालेपछि यसलाई व्यावसायिक रुपमा उत्पादन र खेतीका लागि वन कार्यालयहरुले प्रवद्र्धन अभियान चलाएका छन् । डिभिजन वन कार्यालय चितवन, मकवानपुर, धादिङले ओरालो र ओसिलो भूभागसँगै बलौटे माटोमा चिउरी रोप्न सकिने विकल्पसहित बिरुवा उत्पादन अभियान चलाइएको छ । धादिङ र मकवानपुरका भिरालो जङ्गलमा रहेको चिउरीलाई अब बारीमै पनि रोपेर १२ वर्षपछि आम्दानीका रुपमा लिन सकिने भएकाले यसको व्यावसायिक रुपमा खेतीका लागि वन कार्यालयहरुले बीउ वितरण गर्न सुरु गरेका छन् । बहुउपयोगी चिउरीलाई चेपाङ समुदायबाट अरू समुदायमा पनि जोड्न र दिगो आम्दानीका रुपमा यसलाई प्रवद्र्धन गर्न बागमती प्रदेशका डिभिजन वन कार्यालयहरुले विभिन्न जागरण अभियान चलाएका छन् । (लेखक पत्रकार हुनुहुन्छ) रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झन् खस्कँदै

    भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झन् खस्कँदै

  • विचारः महिलाप्रधान पर्व तीज किन मनाउने ?

    विचारः महिलाप्रधान पर्व तीज किन मनाउने ?

  • पढाइ र उत्कृष्ट सिकाइ उपलब्धिका लागि बालबालिकालाई तनावमा सिक्न बाध्य बनाईयो

    पढाइ र उत्कृष्ट सिकाइ उपलब्धिका लागि बालबालिकालाई तनावमा सिक्न बाध्य बनाईयो

  • संकटमा संघियता

    संकटमा संघियता

  • समाचार
    नीलकण्ठ  नगरपालिका पूर्ण खोप सुनिश्चितता  घोषणा

    नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

    नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

    नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

    नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0