बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,२१ असार ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर–३ ले अपाङ्गता भएका नागरिकहरुलाई खाद्य तथा दैनिक जीवनमा आवश्यक सामाग्री वितरण गरेको छ । वडाले घर घरमा पुगेर अपाङ्गता सम्बन्धि ख, ग, र घ परिचयपत्र प्राप्त नागरिकहरुलाई सामाग्री वितरण गरेको हो ।
अपाङ्गता भएका नागरिकहरुका लागि घरदैलो कार्यक्रम गरि सम्मान स्वरुप खाद्य तथा दैनिक जीवनमा आवश्यक सामाग्री वितरण गरिएको नीलकण्ठ नगरपालिकाका–३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।
‘अपाङ्गता भएका नागरिकहरुको दैनिकी सहज होस् भनेर घरदैलोमै पुगेर दैनिक जीवनमा आवश्यक कुखुराको अण्डा, झुल, चिनी, चियापति, मन्जन, ब्रस, सावुन, विस्कुट लगायत सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो । वडा अध्यक्ष श्रेष्ठका अनुसार वडामा अपाङ्गता भएका ३३ जना मध्ये हालसम्म २३ जनालाई वितरण गरिएको छ ।
छुटेर वडामा आएकाहरुलाई पनि वितरण गरिएको वडा सदस्य सन्तोष थापाले बताउनुभयो । फजुल खर्च भन्दा पनि उहाँहरुको आवश्यकतालाई मध्यनजर गरि सेवालाई अझै प्रभावकारी बनाउन घर दैलो कार्यक्रम मार्फत वितरण गरिएको थापाले बताउनुभयो ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |