Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

नीलकण्ठबाट सुरु भएको निःशुल्क शिक्षा अभियान देशभर लैजानुपर्छ : पुर्व मन्त्री खड्का

१०३१ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ १९, शनिबार (२ साल अघि)
नीलकण्ठबाट सुरु भएको निःशुल्क शिक्षा अभियान देशभर लैजानुपर्छ : पुर्व मन्त्री खड्का

धादिङ,१९ जेठ
नीलकण्ठ नगरपालिकाले सुरु गरेको निशुल्क शिक्षा अभियान देशभर लैजानुपर्ने नेपाली काँग्रेसका उप सभापति तथा पुर्व उपप्रधानमन्त्री पुर्ण बहादुर खड्काले बताउनु भएकोछ ।नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना नगरपालिका संघका केन्द्रिय अध्यक्ष समेत भएको भन्दै उहाँले नीलकण्ठ नगरपालिकाबाट सुरु भएको यो अभियान देशभर लैजान यसको नेतृत्व गर्न समेत आग्रह गर्नुभयो । नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्नुहुदै उहाँले नीलकण्ठ बालमन्दिर माविले गरेको काम प्रशंसनिय भएको बताउनुभयो ।शिक्षा क्षेत्र सुधारको लागि बनेको संघीय ऐनलाई पारित गरेर अघि बढ्ने समेत बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका खड्काले विद्यालयको समस्याहरु समाधान गर्नको लागि आफु र आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।


यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संघीय सांसद रामनाथ अधिकारीले निलकण्ठ बालमन्दिर मावि जिल्लाको जेठो विद्यालयको भएको भन्दै उहाँले विद्यालयको सफलताको शुभकामना दिनुभएको छ।नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका विकासको लागि आफुले सहयोग गर्ने बताउनुभयो ।यसैगरी प्रदेश सांसद गोविन्द लम्सालले नीलकण्ठ बालमन्दिर विद्यालयलाई आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिका मेयर भीम प्रसाद ढुंगानाले शिक्षा क्षेत्रको विकासको लागि नीलकण्ठ नगरपालिकाले अभियाननै सन्चालन गरेको बताउनुभयो ।कक्षा १२ सम्मको शिक्षा निशुल्क गरेको भन्दै उहाँले शिक्षा क्षेत्रको गुणस्तरलाई ध्यान दिएर अघि बढ्ने बताउनुभयो ।अबको केहि बर्षमा शिक्षा क्षेत्रमा धेरै सुधार देखिने भन्दै उहाँल अभिभावकहरुलाई विश्वास गर्नको लागि आग्रह गर्नुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा,नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामा, नेत्रावती डबजोङ गाउँपालिकाका उप प्रमुख सिता चोदेन नेपाली काँग्रेसका क्षेत्रीय सभापति राकेश धमला,माओवादी केन्दका मनराज भण्डारी,नगपालिका संघका सल्लाहकार सरोज अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुहुदै विद्यालयको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । नीलकण्ठ बाल मन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कोईरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका उप सभापति तथा पुर्व उपप्रधानमन्त्री पुर्ण बहादुर खड्को प्रमुख आतिथ्यता रहेको थियो ।
संघीय सांसद रामनाथ अधिकारी,प्रदेश सांसद गोविन्द लम्साल,जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी र नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रममा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि,विभिन्न पालिकाका अध्यक्ष एवं उप प्रमुख,छिमेकी विद्यालयका प्रधानाध्यापक,पुर्व विद्यार्थी संगठनका पदाधिकारी लगायत विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो ।


कार्यक्रमकै अवसर पारेर विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरीएको थियो।कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले समेत सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको स्वर्ण महोत्सवको अवसर पारेर नीलकण्ठ बालमन्दिर माविको प्राङगणमा एकता स्तम्भको उद्घाटन समेत गरीएको छ । तत्कालिन नीलकण्ठ माध्यमिक विद्यालयबाट विक्रम संवत २०६१ सालमा एसएलसी दिएका विद्यार्थीहरुले ६० वटा पानीको जार सहयोग गरेका छन् ।यसैगरी पुर्व विद्यार्थीहरुले नगद १० लाख बराबरको अभिभावक प्रतिक्षालयको स्थापना गर्ने घोषणा गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

  • विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

  • समाचार
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0