प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,१५ जेठ
धादिङको सिद्धलेक गाउँपालिकामा आजदेखी कानुनी साक्षरता कार्यक्रम सुरु भएको छ । कानुनको अज्ञानता क्षम्य हुँदैन भन्ने नाराका साथ सिद्धलेक गाउँपालिकाको ७ वटै वडाहरुमा सञ्चालन हुनेगरी वडा नं ५ बाट कार्यक्रम सुरू गरीएको हो ।यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले स्थानिय सरकारले जनतालाई न्याय दिने काममा दत्तचित्त रहेर लागिरहेको बताउँदै कानुनी हिसाबले निश्पक्ष काम गरीरहेको बताउनुभयो । खतिवडाले तालिमबाट सिकेका कुराहरु आफ्नो टोलबस्तीमा न्यायको निमित्त प्रयोग हुनेछ भन्नेमा पनि विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उपाध्यक्ष सबिता अर्यालले कानुनसम्बन्धी जानकारी दिने,कानुनी बुझाई र गैरकानुनी घटनाहरु न्यूनिकरण गर्ने र घटना घटिहालेमा कानुनी उपचारमा सहजता ल्याउने उदेश्यले कार्यक्रम सञ्चालन गरीएको बताउनुभयो ।सिद्धलेक गाउँपालिका न्यायिक समितीको संयोजक तथा उपाध्यक्ष सबिता अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिकाका न्यायिक सहजकर्ता रामचन्द्र अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत विनोद कुमार अधिकारी, प्रशासन, योजना तथा अनुगमन शाखा अधिकृत शिवराम अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |