प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,५ जेठ
नीलकण्ठ नगरपालिका भित्र रहेका अपाङ्गता भएकाहरुलाई आयआर्जनमा सहयोग पु¥याउने उदेश्यले आज कुखुराको चल्ला वितरण गरीएको छ ।अपाङ्गता पुर्नस्थापना समाज धादिङको आयोजना र नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको लागि लोकल कुखुराको चल्ला वितरण गरीएको हो ।
शनिवार एक कार्यक्रमका विच नीलकण्ठ नगरपालिका भित्र रहेका ५७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई प्रति व्यक्ति १५/१५ गोटाको दरले चल्ला वितरण गरीएको हो । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुलाई चल्ला वितरण गर्नुभएको हो ।
अपाङ्गता पुर्नस्थापना समाज धादिङका अध्यक्ष लक्ष्मण पण्डितको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महिला विकास शाखा प्रमुख उर्मिला थपलिया र सहायक महिला विकास निरिक्षक निर्मला केसीको विशेष आतिथ्यता रहेको थियो । लोकल कुखुराको चल्ला पाएपछि अपाङ्गता भएका व्यक्तिहरु खुसि भएका छन् ।नगरपालिकाले दिएको कुखुरालाई राम्रो सँग हेरचाह गरेर आयआर्जन बढाउने उनीहरुले बताएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |