प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,४ जेठ
नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानालाई सम्मान गरीएको छ।नीलकण्ठ नगरपालिका वडा नम्बर ४ को सिपीचोक–सिम्लेगैरी सडक कालोपत्रे सम्पन्न गर्नको लागि ५० लाख बजेट बिनियोजन गरी कालोपत्रे सम्पन्न गरेको भन्दै आज एक कार्यक्रमको बिच सम्मान गरीएको हो।सिम्लेगैरी टोल विकास संस्थाको आयोजनामा नगर प्रमुख ढुंगानालाई सम्मान गरीएको छ।

वचन दिएको केहि समयमा पिच सम्पन्न भएको भन्दै नगर प्रमुखलाई सम्मान गरीएको सिता घलेले बताउनुभयो। टोलबासी खुसि भएर सम्मान सहित धन्यवाद ज्ञापन गरीएको घलेले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो । विभिन्न देश र निकायबाट बजेट ल्याएर काम गरेको भन्दै घलेले नगर प्रमुखलाई सम्मान सहित टोलबासीले सम्मान गरेको बताउनुभयो । मेयर नहुँदा पनि मेयर ढुंगानाले जिल्लाको विभिन्न स्थानमा विकास गरेको भन्दै उहाँले आगामी दिनमा पनि सिम्लेगैरी टोलको विकासमा सहयोग गर्नको लागि आग्रह गर्नुभयो ।

विभिन्न निकायबाट बजेट ल्याएर टोलको विकास गरेकोले सम्मान गरीएको ऋषि नेपालीले बताउनुभयो । बोलेको कुरा पुर्याउने विकास प्रेमी नेतालाई टोलबासीले सम्मान सहित आगामी दिनमा पनि सहयोग गर्नको लागि आग्रह गर्न कार्यक्रम राखीएको सिम्लेगैरी टोल विकास समितिका अध्यक्ष राजु शाही ठकुरीले बताउनुभयो ।सिम्लेगैरी टोल विकास समितिका अध्यक्ष राजु शाही ठकुरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो ।

नेत्रावती डबजोङ गाउँपालिकाका उपाध्यक्ष सिता चोदेनको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष हरि श्रेष्ठ,नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला,टोल विकास महासंघका अध्यक्ष नर बहादुर श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख भीम प्रसाद ढुंगानाले नीलकण्ठ नगरको विकासको लागि आफुले काम गरीरहेको बताउनुभयो । विभिन्न निकायबाट बजेट ल्याएर काम गरीरहेको भन्दै उहाँले विगत र वर्तमानको विकास हेर्नको लागि आग्रह गर्नुभयो ।आफु विचार भन्दा माथि उठेर काम गरीरहेको भन्दै उहाँले सहयोग गर्नको लागि नगरबासीलाई आग्रह गर्नुभयो ।यसैगरी वडा नम्बर ४ का वडा अध्यक्ष हरि श्रेष्ठले नगर प्रमुखको नेतृत्वमा विकास निर्माणको काम भईरहेको भन्दै ४ नम्बरलाई विशेष ध्यान दिनको लागि अनि आग्रह गर्नुभयो । ५० लाखको लागतमा सिपिचोक सिम्लेगैरी सडकको कालोपत्रे सम्पन्न भएको हो।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |