प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,२२ बैशाख
धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ३ गुम्दीमा पाँच दिने स्यानेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ । वडा नम्बर ३ को आयोजनामा सम्पन्न भएको तालिममा वडा भित्रका ५१ जनाको सहभागिता रहेको थियो ।स्थानीय उत्पादनलाई प्रविधिमैत्री गर्दै विभिन्न प्रकारका वस्तुहरुको उत्पादन गर्ने तथा महिलाहरुलाइ उद्यमशिल बनाउने उद्देश्यले तालिम सन्चालन गरीएको वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार गुरुङले जानकारी दिनुभयो ।

सरसफाईमा सहज बनाउने र स्थानीय स्तरमा रहेका उत्पादनहरुलाई बहु उपयोगि बनाउन तथा आयआर्जनको बाटो खुल्याइ महिलालाइ स्वर्निभर बनाउने प्रयास हरेको बताउनुभयो । घरमै रहेको पुराना तथा सफा कपडाबाट स्यानेटरी प्याड बनाउन सकिने गुरुङले नीलकण्ठ एफएमलाई बताउनुभयो । महिलाहरुको लागि अनिवार्य आवश्यकता रहेको स्यानेटरी प्याड बजारबाट किन्नुपर्दा आर्थिक भार थपिएकोले गाउँमै प्याड बनाउने तालिम दिईएको बताउनुभयो ।

वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको तालिममा गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यपालिका सदस्य उजेली गुरुङको विशेष आतिथ्यतामा सम्पन्न भएको तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरीएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |