प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,१९ बैशाख
नीलकण्ठ नगरपालिकाको शिक्षा क्षेत्र सुधार गर्नको लागि अर्जुन दृष्टि लगाएर काम गरीरहेको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनु भएको छ ।शिक्षा क्षेत्रमा देखीएको समस्या समाधान गर्न र शिक्षालाई गुणस्तरीय बनाउनको लागि आफुले कुनै सम्झौता नगर्ने बताउनुभयो । हजारौँ विद्यार्थीको भविष्य जोडिएको शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता राखेर काम भएको भन्दै उहाँले नीलकण्ठ नगरपालिकाको अभियानलाई सहयोग गर्नको लागि आग्रह गर्नुभएको छ । विद्यालय क्षेत्रलाई विद्यालय बनाउनुपर्ने भन्दै उहाँले शिक्षामा कसैलेपनि शिक्षामा राजनीति गर्न नहुने बताउनुभयो ।
स्कुलको माशिक फि तिर्न नसक्दा जिल्लाका केहि विद्यार्थीहरुले आत्महत्या गर्नुपरेको तितो यर्थाथ भएको भन्दै उहाँले आफु सबै विद्यार्थीको अभिभावक भएको कारणले पनि शिक्षालाई निशुल्क गरिएको बताउनुभयो । तिर्न सक्नेले त तिर्न सक्लान तर तिर्न नसक्नेले के गर्ने,उहाँले भन्नुभयो, “म ती विद्यार्थीहरुको पनि अभिभावक भएको नाताले नगरपालिका भित्रमा शिक्षा निशुल्क गरेको हो ।”
हामिले उत्पादन गरेको विद्यार्थी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने उदेश्यले शिक्षा सुधारको प्रयास गरीएको बताउनुभयो ।विद्यालय मर्ज,प्रतिस्पर्धाबाट प्रध्यानाध्यपाक राख्ने,शिक्षकहरुसँग करार सम्झौता गरिने,कक्षा कोठामा मोबाईल बन्द गरिने,विषयगत शिक्षकहरु राख्ने लगायात विद्यालयमा मनोपरामर्श सेवा समेतको सूरुवात गरिएको बताउनुभयो ।विद्यालय व्यवस्थपान पदाधिकारीहरुको लागि आयोजित दुई दिने क्षमता विकास तालिमलाई सम्बोधन गर्दै उहाँले नीलकण्ठ नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै सुधार गरेर अघि बढ्ने बताउनुभयो ।आजबाट सुरु भएको तालिममा नगरपालिका भित्रका २५ वटा माध्यमिक विद्यालय र ५ वटा नीजि माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षहरुको सहभागिता रहेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |