धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,१९ चैत
गङ्गाजमुना गाउँपालिकामा रहेको धार्मिक एवम् प्राकृतिक सम्पदालाई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमार्फत विकास गर्नका लागि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)सँग सम्झौता भएको छ ।धादिङको रुवीभ्याली र गोरखाको चुमभ्यालीलाई जोड्ने वैकल्पिक पदमार्गका रुपमा रहेको गङ्गाजमुना तीनसुरे पदमार्गलाई खोज, अनुसन्धान, ‘डिजाइन’, योजना निर्माण एवं प्रवद्र्धनका लागि गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामा र टानका अध्यक्ष नीलहरि बाँस्तोलाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त पदमार्गले धादिङको रुवीभ्याली र गोरखा मनास्लु क्षेत्रलाई जोड्ने टानका अध्यक्ष बाँस्तोलाले बताउनुभयो ।सम्झौतासँगै अब टानले गङ्गाजमुना तीनसुरे पदमार्गको ‘ट्रेल प्रोफाइल’ प्रतिवेदन तयारी गर्ने, पदमार्ग विकास तथा प्रवद्र्धन योजना तयारी गर्ने, पदमार्गको नयाँ नक्सा प्रकाशित गर्ने टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |