Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १२, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
  • प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

दोस्रो जलमुखी माई महोत्सव तथा होली विशेष कार्यक्रम हुदै

१८६७ पटक पढिएको प्रकाशित मिति: २०८० चैत्र १०, शनिबार (१ साल अघि)
दोस्रो जलमुखी माई महोत्सव तथा होली विशेष कार्यक्रम  हुदै

धादिङ,१० चैत ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय स्थल जलमूखी मन्दिरलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने उदेश्यले दोस्रो जलमूखी माई महोत्सव तथा होली विशेष कार्यक्रम २०८० हुने भएको छ । चैत्र ११ गते हुने महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारको प्रस्तुती समेत रहने आयोजकले जानकारी दिएको छ ।‘जलमूखी माई धार्मिक आस्थाको प्रचार, कृषि पर्यटन र विकासको मूल आधार’ भन्ने नारासहित हुन् गइरहेको महोत्सवमा दीपक खड्का, नवराज काप्री (भाले), सुमित्रा तामाङ, नारायण खत्री, सिताराम परियार लगायतका कलाकारको उपस्थिति रहेनछ ।

पुरातात्त्विक एवम् ऐतिहासिक दृष्टिकोणले जिल्लाकै महत्त्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा रहेको जलमूखी मन्दिरको परिचय र पहिचान विराट बनाउन अघिल्लो वर्ष सरह यस वर्ष पनि महोत्सवलाई निरन्तरता दिइएको वडा नम्बर ६ का वडाध्यक्ष किशोर सेढाईले बताउनुभयो ।
“सनातन परम्परामा चलिआएका मेला, पर्व तथा जात्राहरू देशभर नै लोपोन्मुख हुँदै गइरहेको अवस्थामा जिल्लामै सुप्रसिद्ध जलमुखी जात्रालाई व्यवस्थापन एवं निरन्तरता दिने उद्देश्यले पनि यो महोत्सव गरेका हौँ”, उहाँले भन्नुभयो, “मठमन्दिर हाम्रो देशको चिनारी हो । विश्वले नेपाल मठमन्दिरको देश भनेर चिनेको छ । तर, राजनीतिक परिवर्तन क्रमसँगै सम्पदा र संस्कृति मासिएका छन् । समाजले भुल्दै गएको संस्कृति र हराउँदै गएका सम्पदाको संरक्षणका लागि पनि प्रचलित जात्रा तथा मेलाहरू व्यवस्थापन एवं निरन्तरता आवश्यक छ ।” महोत्सवको तयारी पुरा भइसकेको सेढाईले बताउनुभयो ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजन बराइलीले जलमूखी मन्दिर ज्वालामूखी गाउँपालिका र नीलकण्ठ नगरपालिका दुवैको साँधमा पर्ने हुँदा दुवै स्थानीय सरकारले यस महोत्सव सफल पार्न भूमिका खेल्दै आइरहेको र यसमा निरन्तरता रहने बताउनुभयो । “आयोजक मूल संरक्षण समिति भए तापनि हामीहरूले प्रचारप्रसार लगायतका कुराहरूमा सहयोग तथा समन्वय गरेका छौँ । फागु पूर्णिमामा बर्सेनि लाग्ने यस मेलामा पोहोर साल जत्तिकै मानिसहरूको उपस्थिति हुने अनुमान गरेका छौँ । यसपालि पोहोर जसरी ३ दिनको गर्न सकेनौँ, तर आगामी वर्षदेखि थप व्यवस्थित बनाएर जानेछौँ । यसपालिदेखि नयाँ संरक्षण समिति पनि गठन भएको छ”, उहाँले भन्नुभयो ।

वडाध्यक्ष बराइलीले उच्च भूमिमा रहेको ऐतिहासिक जलमूखी मन्दिरको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि पनि यस महोत्सव गरिएको बताउनुभयो । उहाँले पहिरोको जोखिममा रहेको मन्दिर क्षेत्रको व्यवस्थापन एवं जोखिम न्यूनीकरणको लागि दुवै सरकारबिच आपसी समन्वय भइरहेको समेत बताउनुभयो । जलमूखी मन्दिर संरक्षण समितिको आयोजनामा हुन् गइरहेको यस महोत्सवमा ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ र नीलकण्ठ नगरपालिका वडा नम्बर ९ सहयोगी भूमिकामा रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

  • धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

  • समाचार
    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    रमेश धमला ‘परिणाममुखी’ भिजनसहित चुनावी मैदानमा

    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    धादिङमा जाली नोटको पहिचानको लागि सचेतना

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0