धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङबेशी । धादिङमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सम्बन्धि स्वास्थ्ग्यकर्मीहरुलाई अभिमुखीकरण गरिएको छ । स्वास्थ्य कार्यालय धादिङकको आयोजनामा स्थानीय तहहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरिएको हो ।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सँग सम्बन्धित (परिक्षण, निदान, परामर्श र उपचार व्यवस्थापन) कार्यविधि तथा मार्गदर्शनका बारे जानकारी गराउने उद्धेश्यले अभिमुखीकरण गरिएको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमका फोकल पर्सन सुस्मिता ज्ञवालीले बताउनुभयो ।
कार्यक्रममा नसर्ने रोगको बारेमा अन्तराष्ट्रिय, राष्ट्रिय तथा प्रदेशको विद्यमान समस्या नसर्ने रोगको रोकथामका लागी जोखिम न्यूनिकरण गर्ने उपायहरु बारे छलफल गरिएको थियो ।
धादिङको १३ वटै पालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई दुइ चरणमा अभिमुखीकरण गरिएको हो । मंगलबार पहिलो चरणमा नलिकण्ठ नगरपालिका, गजुरी गाउँपालिका, बेनिघाट रोराङ, थाक्रे, धुनिबेशी, नेत्रावती डबजोङ, ज्वालामुखी र गल्छी गाउँपालिका स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरिएको थियो भने आज खनियाबास, गजुरी, त्रिपुरासुन्दरी, गंगाजमुना, रुवीभ्याली, सिद्धलेकका गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरिएको हो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |