प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । भैरवी साकोस धादिङको तीन दिने भ्रमण सम्पन्न भएको छ । भैरवी साकोसको आयोजनामा यहि फागुन २५ गते देखि २७ सम्म खोटाङको हलेसी महादेव, जनकपुरको रामजानकी मन्दिर, सर्लाहिको भरत ताल र मकवानपुरको शहिद स्मारक अवलोकन भ्रमण गरेको हो ।
भ्रमणमा संस्थाका अध्यक्ष गणेश कुमार श्रेष्ठको नेतृत्वमा पदाधिकारी, संचालक सदस्य, शेयर सदस्य तथा कर्मचारी सहित ११९ जना सहभागि रहेको थियो ।
शेयर सदस्यहरुलाई धार्मिक स्थल भ्रमण गराउने वार्षिक लक्ष्यित कार्यक्रम अनुसार भ्रमण गर्न ईच्छुक सदस्यहरुको लागत साझेदारीमा भ्रमण आयोजना गरिएको संस्थाका माहासचिव राजकुमार श्रेष्ठले वताउनु भयो ।
धादिङवेसी आसपासका मानिसहरुको आर्थिक तथा सामाजिक विकासमा सघाउन वित्तिय कारोबार गर्ने संस्था स्थापना गर्ने लक्ष्य अनुरुप २०५७ सालमा गठन भएको साकोसको हालसम्म २५२६ जना शेयर सदस्य रहेको छ ।
३ करोड ७ लाख १० हजार चार सय रुपियाँ शेयर पूँजी संकलन गरी धादिङ जिल्लाको सदरमुकाम धादिङवेसी विचबजार मुल सडकमा संस्थाको आफ्नै भवन भैरवी सदनबाट सेवा प्रदान गरिरहेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |