धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,२२ फागुन
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का कृषकहरुलाई कृषि औजार,विउ,विषादी र कुटानी पिसानी मेल वितरण गरीएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको सुर्यदया साना किसान कृषि सहकारी संस्था लिमिटेड र कृषि विकास कार्यालयको साझेदारीमा कृषकहरुलाई कृषि औजार वितरण गरीएको हो ।
कृषकहरुलाई विउवितरण,विषादी वितरण, ,त्रिपाल वितरण,हाते ट्याक्टर ९ वटा, मिल २ वटा, विषादी छर्कने पम्प ९ वटा,त्रिपाल २० थाना वितरण गरीएको छ । कृषकहरुलाई कृषि क्षेत्रमा काम गर्न सहजहोस भनेर कृषि औजार वितरण गरीएको हो । चैते धान प्रवद्र्धन कार्यक्रम अन्तरगत सहकारीको ४ लाख र कृषि विकास कार्यालयको ४ लाख गरी कुल ८ लाखको कृषि औजारहरु वितरण गरीएको हो ।
सहकारीका अध्यक्ष छविन्द्र नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)को विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा कृषि विकास कार्यालयका अधिकृत देवेस राई सम्पाङ,कृषि अधिकृत जयराम अधिकारी लगायतको आतिथ्यता रहेको थियो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |