प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । धादिङबेशी–सुनौलाबजार–फोस्रेटार सडकको बाँकी कामको जिम्मा अव प्रदेश सरकारले लिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताउनु भएको छ ।
आज पुरानो सदरमुकाम सुनौलाबजारमा शहिद मुकुन्दसेन स्मृति दोस्रो खुल्ला फुटबल कपको उद्घाटन सत्रमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले नीलकण्ठ नगरपालिकाले निर्माण गरेको डिपिआर जनप्रतिनिधि र स्थानियको हात बाट ग्रहण गर्दै बैशाख भित्र डिपिआर अनुसारको काम सुरुवात गर्न बैशाख भित्रै टेन्डर आह्वान गर्ने योजनामा आफु लागी परेको बताउनु भएको छ ।
उहाँले धादिङबेशी–सुनौलाबजार–फोस्रेटार सडकको डिपिआर अनुसारको काम आगामी ३ बर्ष भित्र पुरा गरिसक्ने गरि प्रक्रिया अगाडी बढाउने समेत प्रतिबद्धता ब्यक्त गर्नु भयो । पछिल्लो समयमा यी सडकहरु संघिय सरकारले नबनाउने भन्दै अव प्रदेश सरकारले नै सडकको बाकी काम पुरा गर्ने उहाँको भनाई छ ।
शहिदको सपना साकार पार्न आफुहरु लागी रहेको भन्दै उहाँले शहिद सप्ताहकै अवसरमा शहिद मुकुन्दसेन स्मृति दोस्रो खुल्ला फुटबल कपको आयोजना गरेकोमा आयोजकलाई धन्यावाद समेत प्रकट गर्नु भएको थियो ।
सम्बोधनका क्रममा भैरवी मन्दिरको डिपिआर अनुसारको कार्य गर्नको लागी बिगतमा पनि आफुले सक्दो सहयोग गरेको र आगामी दिनमा पनि कार्य सम्पन्न गर्नका लागी सहयोग गरेर जाने बताउनु भयो ।
उहाँले कृषि, शिक्षा, गृहिणी महिला बिकास कार्यक्रम,दलित, युवा, खेलकुद, पर्यटनको क्षेत्रमा पञ्च बर्षिय योजनाका साथ आफुहरु अगाडी बढिरहेको बताउनु भयो । सोहि समारोहमा बागमती प्रदेश सभा सदस्य गोविन्द लम्साल, नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक बिश्वकर्मा लगाएतले सम्बोधन गर्नु भएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |