धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङबेशी । सिद्धलेक गाउँपालिकाले बालबालिकाहरुको लागि निशुल्क आँखा शिविर संचालन गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा दृष्टि आई केयर कलंकी काठमाडौँको समन्वयमा र सहयोगमा बालबालिकाहरुको लागि निशुल्क आँखा शिविर संचालन गरेको हो ।
गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरर्गत गाउँपालिका भित्र रहेका १३ वटै माध्यामिक विद्यालयमा शिविर संचालन हुने स्वास्थ्य शाखा प्रमुख राम विनय शाहले जानकारी दिनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आँखाको समस्याका कारण कुनै कठिनाई नहोस् भन्ने उद्देश्यले शिविर संचालन गरिएको शाहले बताउनुभयो ।
साना बच्चाहरु जथाभावि खेल्ने र आँखाको ख्याल नराख्ने हुँदा यसले भविस्यमा आँखा सम्वन्धी समस्या देखा पर्ने कुरालाई मध्यनजर गर्दै बिद्यार्थीहरुको आँखा जाँच गरिएको उहाँले नीलकण्ठ एफ.एम.लाई बताउनुभयो ।
आँखा मानव जीवनको महत्पूर्ण र संवेदनशिल अंग भएकाले पनि आँखाको हेरचाहमा सानै उमेरदेखि ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख शाहका अनुसार शिविरमा दृष्टिदोषको समस्या देखिएका विद्यार्थीहरुलाई चस्मा र आषौधी समेत निःशुल्क वितरण गरिएको छ ।
मंगलबार कालीदेवी मा.वि. आरुवासमा भएको आँखा शिविरमा २ सय जना विद्यार्थीहरुको आँखा परिक्षण गरिएको थियो । जसमध्ये १० जनालाई समस्या देखिएको छ भने ६ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको थियो । हिजो बुधबार पन्चमुखी मा.वि मैदानमा भएको शिविरमा १८० जना विद्यार्थीको आँखा परिक्षण गरिएकोमा ६ जनालाई जस्मा वितरण गरिएको छ ।
त्यसैगरी आज बिहीबार अकलादेवी मा.वि कमलबारीमा आँखा जाँच शिविर संचालन हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम विनय शाहले जानकारी दिनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |