Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २०, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • अ.ने.म. संघ (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा धादिङबाट सिंखडा र कडेंल निर्वाचितअ.ने.म. संघ (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा धादिङबाट सिंखडा र कडेंल निर्वाचित
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

लोकगीत सम्पूर्ण नेपालीको साझा संस्कृति र सम्पत्ति : प्रधानमन्त्री पुष्पकमल दाहाल

५८५ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन ५, शनिबार (१ साल अघि)
लोकगीत सम्पूर्ण नेपालीको साझा संस्कृति र सम्पत्ति : प्रधानमन्त्री पुष्पकमल दाहाल

धादिङबेशी ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकगीत सम्पूर्ण नेपालीको साझा संस्कृति र सम्पत्ति भएको बताउनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै भाषा, जाति र क्षेत्रमा लोकगीत लोकप्रिय रहेको उल्लेख गर्नुभयो ।

“लोकसाहित्य युगौँदेखि जनसाधारणको मौलिक परम्पराका रूपमा व्यक्त हुँदै आएको छ । लोक साहित्यअन्तर्गत प्रमुख विधाका रूपमा लोकगीत सबैभन्दा सम्पन्न भएको विधा हो”, प्रधानमन्त्रीले भन्नुभयो, “नेपाली जनजीवनका समग्र पक्ष र पाटालाई लोकगीतले प्रस्तुति गरेको छ । नेपालको मेचीदेखि महाकालीका साथै नेपाल बाहिरसमेत फैलिएर रहेको लोकगीत यहाँका हरेक संस्कृति, प्राकृतिक सौन्दर्य, जनजीवनका हरेक घटना, दुःखसुखका सम्पूर्ण भोगाइ नै लोकगीतको प्रमुख विषयवस्तु भएर आउने गर्दछ ।” बहुजाति, बहुभाषी तथा बहुसंस्कृतिको धनी देश नेपालको राष्ट्रिय पहिचानको महत्त्वपूर्ण आधारस्तम्भ लोकदोहोरीको मौलिकताको रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले लोकगीतले भाषिक, सांस्कृतिक विविधतासहितको बलियो अन्तरघुलन र एकता बनाउनुपर्नेमा जोड दिनुभयो ।

“हरेक देशको आफ्नै लोक संस्कृति हुन्छ । छुट्टै पहिचान र महत्व हुन्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “आवश्यकता, भौगोलिक अवस्था, जातीय बनोट, मूल्यमान्यताआदिले संस्कृतिको निर्धारण गर्छ । विविधतापूर्ण संस्कृति भएका विश्वका मुलुकहरूमध्ये नेपाल त्यस्तो देश हो, जहाँ जातीय, भाषिक, सांस्कृतिक विविधतासहितको बलियो अन्तरघुलन र एकता छ ।” हिमाल, पहाड र तराई–मधेसको जीवनपद्धति आ–आफ्नै हुने गरेको बताउँदै प्रधानमन्त्रीले जीवनपद्धतिका आधारमा संस्कृतिको विकास हुँदै जाने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ सांस्कृतिक विविधताको प्रमुख आधार पनि जातीय, भाषिक, सामुदायिक र भौगोलिक विविधता नै हो ।

यसको सम्मान गरेर मात्र हामीले सही अर्थमा राष्ट्रिय संस्कृतिको विकास गर्न सक्छौँ ।” लोक प्रतिभालाई आफूभित्र अन्तरनीहित प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्न देशभित्र र विदेशमा लोक तथा दोहोरी गीत प्रतियोगिता सञ्चालन गर्ने गराउने कार्य सराहनीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लोकसङ्गीतको संरक्षणका निम्ति लोक वाद्य सामग्रीको प्रयोगमा जोड दिनुभयो ।

सबै नेपालीमा राष्ट्रियता र नेपाली मौलिकताको भावना जगाउन क्रियाशील हुनुपर्ने उल्लेख गर्दै उहाँले आफ्नो उद्देश्यमा प्रतिष्ठान एकताबद्ध प्रयासका साथ अग्रसर हुने विश्वास व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

    धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

  • विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

    विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

  • दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

    दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

    धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

  • समाचार
    धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

    धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या

    विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

    विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

    दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

    दशैँमा बढी भाडा असुली गर्ने ९ सवारीसाधनलाई कारबाही, १५० यात्रुलाई भाडा फिर्ता

    धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

    धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0