धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । अन्तराष्ट्रिय सालक दिवसको अवसरमा धादिङमा रेडियो अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय धादिङको आयोजना र साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान केन्द्र, नेपाल पत्रकार महासंघ धादिङ, रेडियो धादिङ,नीलकण्ठ एफ.एम,र रेडियो बिहानीकोे सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
सालक संरक्षणको लागि एकता भन्ने नाराका साथ भएको रेडियो अन्तर संवादमा कार्यक्रममा सालक कस्तो प्रकारको जनावर हो,यसको महत्व किन छ , सालक लोभ हुनुको कारण केहो,सालकको तस्करी किन हुन्छ होला र यसको संरक्षणमा कसको जिम्मेवारी के होला भन्ने बिषयमा छलफल गरिएको थियो । संवादमा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी, सालकको क्षेत्रमा बिद्याबारिधि गर्नु भएको तुलसी लक्ष्मी सुवाल, डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्य अन्तरसवाद कार्यक्रममा सहभागी हुनुभएको थियो ।
रेडियो अन्तर संवाद कार्यक्रममा तुलसी लक्ष्मी सुवालले सालकको प्रजाति, वासस्थान,सालकको महत्व लगायतका विषयमा प्रष्ट पार्नुभएको थियो । सालक संरक्षणमा जिल्ला तहबाटै द्रूत गतिमा लागि परेर काम गर्ने जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी बताउनु भएको छ । डिभिजन वन कार्यालय धादिङ र स्थानिय तहसँग समन्वय गरेर सालक संरक्षण सम्बन्धि निति कार्यक्रम लगायतका जनचेतना मुलक कार्यक्रमहरु संचालन गरेर धादिङलाई अगाडि बढाउने योजना रहेको अधिकारीको भनाई छ ।
बन कार्यालयले जिल्लाको १३ वटै स्थानिय सरकारसँग समन्वय गरेर हरेक पालिकामा सालकको मुर्ति बनाउने अभियान सन्चालन गर्ने डिभिजन वन कार्यालय धादिङ प्रमुख विष्णु प्रसाद आर्चायले बताउनुभयो । धादिङमा सालकको प्रचार, संरक्षण तथा प्रवद्र्धन गर्नलाई अभियानको रुपमा काम गर्छ भन्ने आशयले सालकको मुर्ति स्थापना गरेर प्रचार प्रसारलाई जोड दिएको आचार्यको भनाइ छ । । धादिङमा भएको संरक्षित वन्यजन्तु सालकलाई जोगाउनु र जनतालाई चेतना वृद्धि गर्ने वन कार्यालयको पहिलो दायित्व भएकाले प्रचार प्रसारको कामलाई प्राथमिकता दिएको उहाँले बताउनु भयो ।
संसारमै दुर्लभ मानिएका ८ प्रजातिका सालकमध्ये नेपालमा कालो सालक (चाइनिज प्यांगोलिन) र तामे सालक (इन्डियन प्यांगोलिन) पाइन्छ । नेपालमा पाइने स्तनधारीमध्ये कालो सालक आईयूसीएनको अति संकटापन्न सूचीमा रहेको छ । सालक दिवसको अवसरमा भोली धादिङबेशी स्थित नीलकण्ठ माविमा डिभिजन बन कार्यालय धादिङ द्धारा सालक संरक्षणमा जनचेतना फैलाउने उदेश्यले बिबिध कार्यक्रमको आयोजना गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |