धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङबेशी । धादिङको रुबीभ्याली गाउँपालिकाले निलकण्ठ बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्ने पालिकाभरीका सम्पूर्ण विद्यार्थीको शुल्क तिरिदिने भएको छ ।
१४ औं हिउँदे अधिवेशन तथा गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार विभिन्न विषयको संकायमा भर्ना हुने सबै विद्यार्थीको शुल्क पालिकाले तिरिदिने भएको हो ।
निलकण्ठ बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्ने पालिकाभरीका सबै विद्यार्थीलाई निःशुल्क व्यवस्था मिलाइएको पालिका प्रमुख रामसिंह तामाङले बताउनु भयो । ‘कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नपरोस् भनेर क्याम्पसमा अध्ययन गर्ने सबै विद्यार्थीको शुल्क पालिकाले तिर्ने निर्णय गरिएको अध्यक्ष तामाङले बताउनु भयो ।
पालिका प्रमुख तामाङले अहिले यस शैक्षिक सत्रका लागि मात्र यस्तो व्यवस्था गरिएको जानकारी दिनुभयो । ‘विद्यार्थीको संख्या हेरेर आगामी आर्थिक वर्ष पनि निःशुल्क अध्यपन कार्यक्रमलाई निरन्तरता दिने–नदिने निर्धारण गरिने उहाँको भनाई छ । नीतिगत निर्णय गरेर गाउँपालिकाको कार्यक्रमकै रूपमा पनि आगामी वर्ष पनि निरन्तरता दिने योजना रहेको उहाँले बताउनु भयो ।
त्यसैगरी रुवीभ्याली गाउँपालिकाले धादिङ अस्पताल संगको सहकार्यमा पालिकाका जनतालाई स्थानीय स्वास्थ चौकीमा उपचार हुन नसकेका बिरामीलाई पाँच हजार सम्मको उपचार निःशुल्क गराउने तयारी समेत गरेको पालिका प्रमुख तामाङले नीलकण्ठ एफ.एम.लाई जानकारी दिनु भयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |