नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ, ३ माघ
धादिङ जिल्लालाई वर पिपल चौतारा बढी भएको जिल्ला बनाउने लक्ष्य रहेको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनु भएको छ । जिल्लामा अझै पनि धेरै वर पिपलको चौताराहरु रहेका भन्दै उहाँले भएकालाई संरक्षण गर्दै नयाँ वर पिपल चौतारा निर्माणमा ध्यान दिन सके ७७ जिल्ला मध्ये धादिङ जिल्लालाई चौतारा बढी भएको जिल्लाको रुपमा घोषणा गर्न सकिने बताउनुभएको हो।नीलकण्ठ एफएमबाट प्रसारण हुने नीलकण्ठ संवादमा आर्चायले वर पिपल चौतारा जोगाउनु वन जोगाउनु र अक्सिजन लिनु मात्र नभइ इतिहास, सभ्यता र संस्कृति जोगाउनु रहेको आचार्यले बताउनुभयो ।धादिङको १३ वटा पालिकाहरुले बर्षेनी २०/२० वटा वर पिपल रोपेर संरक्षण गर्नको लागि आग्रह गर्नुभएको छ ।
चौतारा निर्माणमा डिभिजन वन कार्यालय धादिङ सहकार्य गर्न तयार रहेको बताउनुभयो । वर पिपल रोपेर त्यसको संरक्षण गर्न सके देश विदेशबाट त्यसको अध्ययनको लागि धादिङ आउने बातावरण बन्ने आचार्यको भनाइ छ ।उहाँले भन्नुभयो,“धादिङमा सामुदायिक वनको सँख्या बढी छ तर अन्यको तुलनमा अवस्था निकै कमजोर रहेको छ । धादिङ सरुवा भएर आएको ३ महिनामा धादिङका सबै पालिकाको भ्रमण गरी वन जंगलको अध्ययन गरेको छु। धादिङको वन संरक्षण गर्नको लागि जनतासँग वनका कुरा जनतामासँग मनका कुरा भन्ने कार्यक्रम सन्चालन गरेको छु । यसले बन प्रति रहेको नकारात्मक धारणा हट्ने विश्वास लिएको छु ।”
धादिङको वनलाई नेपालको मोडलको रुपमा अगाडि बढाउनको लागि प्रत्येक पालिकासँग सहकार्य र समन्वय गरेर अगाढि बढ्ने आचार्यले बताउनुभएको छ ।डिभिजन वन कार्यालयले एजेण्डा मात्र दिने भन्दै आचार्यले पालिका र वन समुहले लागु गर्नुपर्ने बताउनुभयो ।त्यसैगरी डिभिजन वन कार्यलय धादिङले विश्वकै दुर्लभ बन्यजन्तु सालकको महत्व कार्यालय परिसरमा सालकको मुर्ति समेत निर्माण गरेको बताउनुभएको छ।वन कार्यालयले जिल्लाको १३ वटै स्थानिय सरकारसँग समन्वय गरेर हरेक पालिकामा सालकको मुर्ति बनाउने अभियान सन्चालन गर्ने आर्चायले नीलकण्ठ एफएमलाई बताउनुभयो ।धादिङ जिल्लामा सबैभन्दा बढी सालक पाईने र सबैभन्दा बढी चोरी पैठारी हुने भएकाले संरक्षणको लागि विभिन्न सरकारी कार्यालय, विद्यालय र स्थानीय सरकारसँग समन्वय गरेर अभियान संचालन गरिएको उहाँले बताउनुभयो ।
डिएफओ विष्णु प्रसाद आर्चायसँग गरीएको पुरा भिडियो

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |