नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ,१४ पौष ।
डिभिजन वन कार्यालय धादिङले पालिकासँग अन्तरक्रिया कार्यक्रमको सुरुवात गरेको छ । धादिङका वन वातावरणका सवाललाई पालिका स्तरमा पुर्याउने उद्देश्यले कार्यक्रमको सुरुवात गरिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख बिष्णु प्रसाद आचार्यले बताउनुभयो ।
उक्त कार्यक्रम अन्तगरत गंगाजुमना गाउँपालिकाका कार्यपालिका सदस्यसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा वन वातावरणसँग सम्बन्धित बिषयमा डिभिजन वन कार्यालय धादिङका प्रमुख बिष्णु प्रसाद आचार्यले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा स्थानीय सासन संचालन ऐन २०७४, वन ऐन २०७६ र वन नियमवाली २०७९ कोे पालिकाले गर्नु पर्ने समन्वयको बारेमा नियम कानुनको बिषयमा छलफल भएको थियो ।
गाउँपालिकाले आगामी दिनमा वन वातावरणको क्षेत्रमा रकम विनियोजन गर्ने र काम गर्ने निर्णय एंव प्रतिवद्धता व्यक्त गरेको छ ।
गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामा, उपाध्यक्ष रामेश्वर सिंखडा, प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठ लगायत कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
वन कार्यालय धादिङले मंसिर ७ गते धादिङका १३ वटै पालिकालाई पत्राचार गरेर वन वातावरण सँग सम्बन्धित २३ वटा बुदालाई स्थानिय एजेन्डाको रुपमा आ–आफ्नो तर्फबाट प्रभावकारी रुपमा लागु गर्न आग्रह गरेको थियो । कार्यालयले उक्त कार्यक्रममा जिल्लाको १३ वटै पालिकामा संचालने गर्ने निर्णय गरेको छ ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |