धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले धादिङमा पहिलोपटक सार्वजनिक सुनुवाइ गर्ने हुनुभएको छ । बिहीबार धादिङबेसीमा पत्रकार सम्मेलन गर्दै अर्यालले आज साढे १२ बजे जिल्ला समन्वय समितिकोे हलमा सार्वजनिक सुनुवाइ हुने जानकारी दिनु भएको हो ।
‘यो कार्यक्रम नितान्त जनप्रतिनिधिको कार्यक्रम हो, कुनै पार्टीसँग सम्बन्धित होइन,’ उहाँले भन्नु भयो । उहाँले जनप्रतिनिधि सबैको साझा हुने भएकाले सो कार्यक्रममा कुनै पनि दलसँग सम्बन्धित झण्डा, चिह्न वा संकेत प्रयोग नहुने बताउनु भएको छ ।
सांसद अर्यालले एउटै प्लेटफर्मबाट एउटै समयमा प्रश्नहरू सोध्न, सुझाव दिन पाइने भएकाले सम्पूर्ण धादिङवासीलाई कार्यक्रमका लागि आमन्त्रण गर्नु भएको छ । ‘हामी ठीक १२ः३० मा कार्यक्रम सुरु गरेर ३ बजे सम्पन्न गर्ने तयारी गरेका छौँ,’ उहाँले भन्नु भयो ।
नागरिकका चासो, गुनासा र सुझावमा सरकोरावालाले जबाफ दिने सकारात्मक अभ्यासलाई संस्थागत गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ।
कार्यक्रममा जिल्लास्थित सबै सरकारी निकायको प्रतिनिधित्व रहनेछ। सेवाग्राहीले विकास निर्माणदेखि स्वास्थ्य, शिक्षा, शान्ति सुरक्षालगायतका विषयमा आफ्ना चासो, गुनासा, प्रश्न र सुझावहरू एकै ठाउँबाट प्रत्यक्ष राख्न पाउने सांसद अर्यालले बताउनु भयो ।
नागरिकले सोधेका प्रश्नहरूको सांसद अर्यालसँगै सरोकारवाला निकायका प्रतिनिधिहरूले जबाफ दिनुहुने छ । साथै लिखित रूपमा पनि आफ्ना प्रश्नहरू राख्न सकिने अर्यालको सचिवालयले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |