नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,१० पौष ।
धादिङ जिल्लाकै अब्बल शैक्षिक संस्था चिल्ड्रेनपार्कआवासीय माध्यामिक विद्यालयको वार्षिक खेलकुद कार्यक्रम पौष ११ गते बाट हुने भएको छ । विद्यालयको वार्षिक कार्यतालिका अनुसार पौष ११ गतेदेखि खेलकुद कार्यक्रम सुरु हुने भएको हो ।
विद्यालयका नीलो, हरियो, रातो, र पहेँलो सदन बिच प्रतिस्पर्धा हुने खेलहरु अन्तराष्ट्रिय नियमा नै हुने विद्यालयका खेलकूद व्यवस्थापन समितिका सदस्य केशव श्रेष्ठले जानकारी दिनुभयो ।
सदन शिक्षकहरु बिच समेत हुने प्रतिस्पर्धामा कुल ११० स्वर्ण, ११० रजत र १०१ कास्य पदकको लागि प्रतिस्पर्धा हुने विद्यालयले जानकारी गराएको छ।
कक्षा ९ सम्मको विद्यार्थीहरु सहभागि हुने खेलहरुलाई प्रि प्राइमरी, जुनियर, सब जुनियर र सिनियर गरी ४ तहमा खेल खेलाइने खेलकूद व्यवस्थापन समितिका सदस्य श्रेष्ठले बताउनुभयो ।
पौष ११ गतेदेखि सुरु हुने खेलकुद कार्यक्रम पौष १३ गतेसम्म संचालन हुने छ । गत वर्षको खेलकुद कार्यक्रमको विजेत नीलो सदन भएको थियो भने पहेलो सदन अनुशासित सदन बनेको थियो । साथै कक्षा ११, १२ र सिपी कलेजको समेत खेलकुद कार्यक्रम भोलि देखि संचालन हुनेछ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |