वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,२१,असोज । अन्तर्राष्ट्रिय धादिङ समाजको आगामी अध्यक्ष पदका लागि हाल अमेरिकामा रहेका सामाजिक अभियन्ता एवं समाजका उपाध्यक्ष बद्री खतिवडाले उम्मेदवारी दिने बताउनुभएको छ ।
समाजको चौथो अधिवेशन आगामी असोज ३१ गते (अक्टोबर १७) धादिङमा हुने तय भएसँगै उहाँले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको हो । समाजको तेस्रो अधिवेशनबाट अमेरिकाको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा चयन हुनुभएका खतिवडा सामाजिक तथा मानवीय सेवामा सक्रिय हुनुहुन्छ ।
धादिङको गल्छी गाउँपालिका–२ स्थायी घर भएका खतिवडा विगत १५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आउनुभएको छ । हाल अमेरिकाको मेरिल्याण्डमा रहनुभएका उहाँले सामाजिक तथा व्यावसायिक क्षेत्रमा हासिल गरेको अनुभवलाई समाजमार्फत धादिङको विकासमा उपयोग गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।
व्यवस्थापनमा स्नातकोत्तर (एमबिए) गर्नुभएका खतिवडाले नेपालमा ‘एक्सन नेपाल’मार्फत करिब पाँच वर्ष सामाजिक सेवाका क्षेत्रमा काम गरेको बताउनुभयो ।
अध्यक्षमा निर्वाचित भए शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, युवा, रोजगारी तथा उद्यमशीलताका क्षेत्रमा समाजको भूमिकालाई थप प्रभावकारी बनाउने उहाँको योजना छ । विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीको ज्ञान, सीप, अनुभव र आर्थिक क्षमतालाई जिल्लाको विकाससँग जोड्ने आफ्नो प्राथमिकता रहेको उहाँले बताउनुभयो ।
विद्यार्थीका लागि छात्रवृत्ति तथा ‘मेन्टोरसिप’, स्वास्थ्यकर्मीको सञ्जाल निर्माण, धादिङका पर्यटकीय क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, युवाका लागि सीप तथा उद्यमशीलता कार्यक्रम र स्थानीय उत्पादनको बजारीकरणमा सहजीकरण गर्ने योजना रहेको खतिवडाले जानकारी दिनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय धादिङ समाजलाई विश्वभर रहेका धादिङवासीबीच सहकार्य र समन्वय गर्ने प्रभावकारी संस्थाका रूपमा विकास गर्दै संस्थागत पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिने बताउनुभयो ।
अन्तर्राष्ट्रिय धादिङ समाजले विभिन्न देशमा रहेका धादिङवासीलाई सङ्गठित गर्दै सामाजिक सेवा, विपद् सहयोग तथा जिल्लाको विकाससँग सम्बन्धित गतिविधि सञ्चालन गर्दै आएको छ । चौथो अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |