धादिङ,६ पुष
नेत्रावती डबजोङ गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को भेला सम्पन्न भएको छ ।नेत्रावती डबजोङ गाउँपालिकामा वडा नम्बर ३ समेजोङमा सम्पन्न भेलाले सुक बहादुर गुरुङको सभापतित्वमा ११ सदस्यीय गाउँ समिति चयन गरीएको छ ।जसको उपसभापतिमा राज कुमार गुरुङ(लाले),सचिवमा सुदिप अधिकारी र कोषाध्यक्षमा शर्मिला विक सुनार निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा मनिष गुरुङ,शान्ता विक,चुक बहादुर तामाङ,सोम बहादुर गुरुङ र कपिल अधिकारी चयन हुनुभएको छ । दुई सदस्य भने पछि थप्ने निर्णय भएको छ।गाउँ समिति भेलामा रास्वपाका केन्द्रिय उप-सभापति डोल प्रसाद अर्याल(डिपी),रास्वपाका केन्द्रिय सदस्य माननिय सोविता गौतम, केन्द्रिय सदस्य रमेश प्रसाई र रास्वपा धादिङका क्षेत्रीय सभापति उत्तम अधिकारीको आतिथ्यता रहेको रास्वपाका र्याट सदस्य दिवाकर लम्सालले जानकारी दिनुभयो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |