वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ, २७ मंसिर ।
बेनीघाट रोराङ गाउँपालिकमा माटो परिक्षणका लागि नमुना संकलन तथा माटो उपचार सम्बन्धि कृषक अभिमुखीकरण तालिम संचालन गरिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ का लागि कृषि विकास शाखा अन्तर्गत नमुना संकलन तथा माटो उपचार सम्बन्धि कृषक अभिमुखीकरण तालिम संचालन गरिएको हो ।
कृषकहरुलाई माटोको परिक्षणका लागि नमुना संकलन गर्ने विधिका बारेमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञानका बारेमा गाउँपालिकाको कृषि प्राविधिकहरुले सहजीकरण गर्नुभएको कृषी शाखा प्रमुख सुदिप रेग्मीले बताउनुभयो ।
माटोमा भएको खाध्यतत्वको अवस्था पत्ता लगाउने, माटोको भौतिक बनोट बारे जानकारी लिने, माटोमा भएको अन्य समस्या पत्ता लगाउने उद्देश्यले माटो परिक्षण गरिएको रेग्मीले बताउनुभयो ।
तालिममा माटोको उर्वराशक्ति कायम राखी उत्पादनलाई बढाउन समय समयमा आफ्नो खेतीबारीको माटो परिक्षण गराई माटोको अम्लिय पना तथा उर्वराशक्तिका बारे जानकारी राखी माटो ब्यवस्थापन गर्नुपर्न लगायतका विषयमा कृषकहरुलाई सहजिकरण गरिएको थियो ।
हालसम्म वडा नं २, ४ र १० मा नमुना संकलन तथा माटो उपचार सम्बन्धि कृषक अभिमुखीकरण तालिम सम्पन्न भएको कृषी शाखा प्रमुख रेग्मीले बताउनुभयो । रेग्मीका अनुसार भोलि बिहीबार वडा नं ३ को माटोको नमुना संकलन गरिने छ ।
गाउँपालिकाका भित्रका सम्पुर्ण वडाका विभिन्न स्थानबाट गरिएको नमुना संकलन माटोको परिक्षण गरि रिपोटका आधारमा आवश्यक देखिएमा कृषकहरुलाइ कृषि चुन वितरण गर्ने गाउँपालिकाले जनाएको छ ।






मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।