धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङबेशी । गंगाजमुना गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय धादिङबाट प्रदान हुने सेवा प्रवाह बारे अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङको आयोजना र गंगा जमुना गाउँपालिकाको समन्वयमा नागरिकता सिफारिस लगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने अन्य सेवा एवं घटना दर्ता (पञ्जिकरण) सम्बन्धमा अन्तरक्रिया तथा अभिमुखिकरण गरिएको थियो ।
आज गंगा जमुना गाउँपालिका अन्तर्गतका वडाध्यक्ष, वडासचिव तथा पञ्जिकरण शाखामा कार्यरत कर्मचारीका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
यसबाट सेवा प्रवाहका सम्बन्धमा स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिमा रहेको द्विविधा, अन्यौलता र अस्पष्टताको अन्त्य भई स्पष्टता, एकरूपता र सहजता हुने अपेक्षा गरिएको बताईएको छ ।
गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |