धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१७ मंसिर
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन धादिङमा प्रहरीसँग अन्तरक्रिया गरिएको छ। वैदेशिक रोजगारीमा देखिएका समस्या न्युनिकरण गर्न र वैदेशिक रोजगारलाई सुरक्षित बनाउनको लागि प्रहरी सँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व र नीलकण्ठ नगरपालिकाद्वारा सन्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तरगत सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला भरका प्रहरी चौकी ईन्चार्ज,ईलाका प्रहरी कार्यालयका प्रमुख लगायत ५० जना प्रहरीहरुको सहभागिता रहेको थियो ।

जिल्ला प्रहरी प्रमुख गौतम मिश्रको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा डिएसपी सन्तुलाल प्रसाद जैसवार,सामी कार्यक्रम अधिकृत भागीराम चौधरी,सामी कार्यक्रम जिल्ला संयोजक दिनेश दुवाडी,डिप्रोस नेपालका क्षेत्रीय संयोजक अर्जुन शाहीको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माले बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र मर्यादिन बनाउनुपर्ने दायित्व स्थानीय सरकारको रहेको बताउनुभयो । युवाहरुलाई स्वदेशमै स्वरोजगारी बनाउने काम सुरु भएपनि त्यो पर्याप्त नभएको स्पष्ट पार्नुभयो । देशमा कलकारखाना,उद्योग स्थापना भएमात्रै ठुलो मात्रमा रोजगारीको सृजना हुने भन्दै उहाँले स्थानीय तहले चाहदैमा धेरै गर्न नसकिने बताउनुभयो ।

बँैदेशिक रोजगारीको कारण धेरै समस्याहरु आएका भन्दै समस्या न्युनीकरणको लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । यसैगरी कार्यक्रममा सामी कार्यक्रम संयोजक दिनेश दुवाडीले सामी परियोजनाले जिल्लामा गरेका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।बैदेशिक रोजगारको क्रममा देखिएका समस्या र प्रहरी प्रशासनले खेल्नुपर्ने भूमिका, बैदेशिक रोजगार विभाग र प्रहरी सँग भएको सम्झौता अनुसार प्रहरीले खेल्नुपर्ने भुमिका र आगामी दिनमा सहयोग र सहकार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

यसैगरी सामी कार्यक्रम अधिकृत भागीराम चौधरीले बैदेशिक रोजगारमा हुने ठगी र प्रहरीले खेलेको भुमिकाको विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रहरी प्रमुख गौतम मिश्रले बैदेशिक रोजगारमा हुने ठगीमा प्रहरीले खेल्नुपर्ने भुमिका र कानुनी प्रावधानको विषयमा जानकारी गराउनु भएको थियो ।


कार्यक्रममलार्य सम्बोधन गर्नुहुदै मिश्रले बैदेशिक रोजगारमा हुने ठगी लगायतका घट्नाहरुलाई गम्भीरताको साथ लिन र सोहि अनुसार जिल्लामा रिर्पोटीङ गर्नको लागि सहभागी प्रहरी चौकी ईन्चार्ज लगायतलाई निर्देशन दिनुभएको छ । साथै सामी कार्यक्रमसँग समन्वय गरेर बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र मर्यादित बनाउनको लागि प्रहरीले भुमिका खेल्ने बताउनु भएको छ । नीलकण्ठ नगरपालिकाका सामाजिक परिचालन अधिकृत सम्झना भण्डारीले सन्चालन गर्नुभएको कार्यक्रममा मनोविमर्शकर्ता रामकुमार थापाले प्रहरीलाई आईपर्ने तनाव,तनाव व्यवस्थापनको तरिकाको विषयमा सहजीकरण गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |