प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
धादिङ,१७ मंसिर
ज्वालामुखी गाउँपालिकामा पालिका स्तरिय एकीकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ । मंसिर १० गतेदेखि ७ वटै वडामा भएको घुम्ती सेवा शिविर शनिवार सम्पन्न भएको हो ।गाउँपालिकाबाट प्रवाह हुने सेवाहरु गाउँस्तरमै प्रदान गर्ने उदेश्यले ज्वालामुखी गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ ।

एकीकृत घुम्ती सेवा शिविरमा योजना सम्बन्धी अभिमुखीकरण, योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरीक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रको लागि दरखास्त संकलन, निशुल्क स्वास्थ्य परिक्षण, कृषि, पशु सम्बन्धी परामर्श सेवा, राजश्व असुली, गरिबी परिचयपत्र वितरण, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता, नक्सापास अभिलेखीकरण र मुहान दर्ता र वैदेशिक रोजगार श्रम स्वीकृत सम्बन्धी सेवा उपलब्ध गराइएको छ ।

गाउँपालिका सम्म सेवा लिन जानुपर्ने बाध्यतामा रहेका नागरिकहरुलाई गाउँमै सेवा प्रदान गर्ने उद्धेश्यका साथ घुम्ति सेवा शिविर संचालन गरेको पालिका अध्यक्ष यमनाथ दनैले बताउनुभयो ।मंसिर १० गते वडा नं १ बाट सुरु गरिएको घुम्ति सेवा शिविर शनिवार सम्पन्न भएको हो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |