धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१० मंसिर
गाउँपालिकाबाट प्रवाह हुने सेवाहरु गाउँस्तरमै प्रदान गर्ने उदेश्यले ज्वालामुखी गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । नागरिकहरुलाई वडा स्तरमै सेवा प्रवाह गर्ने उदेश्यले आजबाट सुरु भएको शिविर १६ गते सम्म सन्चालन गरिने गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले जानकारी दिनुभयो ।

एकिकृत घुम्ती शिविर वडा नं. १ बाट सुरुवात गरीएको छ। एकीकृत घुम्ती सेवा शिविरमा योजना सम्बन्धी अधिमुखीकरण, योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरीक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रको लागि दरखास्त संकलन, निशुल्क स्वास्थ्य परिक्षण, कृषि, पशु सम्बन्धी परामर्श सेवा, राजश्व असुली, गरिबी परिचयपत्र वितरण, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता, नक्सापास अभिलेखीकरण र मुहान दर्ता र वैदेशिक रोजगार श्रम स्वीकृत सम्बन्धी सेवा उपलब्ध गराइने अध्यक्ष दनैले बताउनुभयो ।

पालिका सम्म धाउनुपर्ने बाध्यता कम गर्नको लागि एकिकृत घुम्ती शिविर सन्चालन गरीएको उपाध्यक्ष धर्म बहादुर अर्यालले जानकारी दिनुभयो । जनतालाई उनीहरूको घर आगनमै पुगेर सेवा दिने लक्ष्यसहित एकिकृत घुम्ती शिविर सन्चालन गरीएको भन्दै सेवा लिनको लागि गाउँपालिकाले सबैलाई आग्रह गरेको छ । एकिकृत घुम्ती शिविर क्रमश ७ वटै वडामा संचालन हुनेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |