धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,७ मंसिर
धादिङको गंगाजमुना गाउँपालिका वडा न ५ ढाडखर्कमा हरिबोधिनी एकादशीको अवसरमा आयोजित गंगाजमुना माइ मेला तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।मेलामा विभिन्न स्थानबाट भाँक्री नाच, लामा नाच, चौडी घोडे नाच, लाखे एंव टाकटुके नाच, पन्चेबाजा, मारुनी नाच, भजन किर्तन आदि झाँकिहरु प्रदर्शन गरिएको थियो ।

साथै बुधबार रात भर राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहेको थियो ।हरिबोधनी एकादशीको अघिल्लो रात भक्तजनहरु जाग्राम बस्ने र भोलिपल्ट बिहानै नजिकैको महादेवको मन्दिरमा बत्ती बाल्ने, फूलको डोली, गाईको दुध चढाउने र परेवा उडाउने गर्दछन् ।

मन्दिरमा बली नचढ्ने भएका कारण भाकल बुझाउन मन्दिर पुगेका भक्तजनहरुले जिउँदो परेवा उडाउने गरेका हुन् । उक्त पहाडबाट झरेको २ वटा झरनालाई गंगा र जमुनाको नामबाट चिनिन्छ । उक्त स्थानमा कुकुर धारा नाम गरेको धारा पनि रहेको र त्यहाँ गएर नुहाएमा कुकुरले टोकेको घाउ तथा चोटपटक निको हुने जनबिश्वास रहदै आएको छ ।

गंगाजमुना माइको मेलामा धादिङ, गोरखा, नुवाकोट, रसुवा, चितवन, काठमाण्डौ, आदी स्थानबाट भक्तजनहरु मेला भर्न आउने गरेका छन् । मेलामा बागमती प्रदेशका मुख्यमन्त्री शालिकरा जम्कट्टेल,संघीय सांसद रामनाथ अधिकारी,प्रदेश सांसद गोविन्द लम्साल लगायतले मेलाको अवलोकन गर्नुभएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |