धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,७ मंसिर
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा निर्माण सम्पन्न भएको ब्यापारी बगैँचा पौवा खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएकोछ । नीलकण्ठ नगरपालिका र सर्भिस फर पिसको साझेदारीमा निर्माण सम्पन्न भएको खानेपानीको नगर प्रमुख भीम प्रसाद ढुंगानाले ब्यापारी बगैँचा पौवा खानेपानी समितिलाई हस्तान्तरण गर्नुभएको हो ।

नीलकण्ठ नगरपालिकाको ५३ लाख, सर्भिस फर पिसको ५० लाख र ५ लाख जन श्रमदान गरी जम्म एक करोड ७ लाखको लागतमा आयोजनाको निमार्ण सम्पन्न भएको हो । उक्त खानेपानि आयोजनाबाट ७८ घरपरिवार लाभान्वित भएका छन् ।
तिर्खा मुक्क्त नगरपालिका बनाउने लक्ष्यको साथ नगरपालिकाले ठुलो खानेपानी आयोजनाको कामलाई प्राथमिकता दिएको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनु भएको छ ।

नगरपालिका भित्रका कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा दातृ निकायसँगको साझेदारीमा नगरमा काम भईरहेको बताउनु भएको छ । आफु पदमा रहेपनी वा नरहेपनी देश र जनताको लागि सेवा गरीरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।स्थानिय नागरिकहरु घर घरमा खानेपालिको धारो आए पछि निकै खुसी भएका छन् । एक घण्टा लाएर पानी बोक्न जाने समस्य हल भएको भन्दै अब धेरै कुरामा सहज हुने बताएका छन् ।

सर्भिस फर पिसका उपाध्यक्ष विनोद खनालको अध्यक्षतामा भएको कार्यक्रममा नरपालिका संघका अध्यक्ष तथा नगर प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रममा संस्थाका महासचिव जिन्तु खनाल, नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला, वडा नं ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठ, वडा नं ८ का अध्यक्ष प्रकाश कुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |