धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२ मंसिर
धादिङको थाक्रे गाउँपालिकाले भोली (मंसिर ३ गतेबाट) आफ्नै भवनबाट सेवा सन्चालन गर्ने भएको छ । अब पालिकाबासीले एउटै भवनबाट सेवा प्राप्त गर्न सक्नेछन् ।महादेबबेसी वजारबाट ३०० मिटर दक्षिण तर्फ बनेको सुविधा सम्पन्न भवनबाट गाउँपालिकाले प्रशासनिक सेवा प्रवाह गर्नेछ । एउटै भवनबाट पालिकाले दिईने सेवाहरु पाउने भएपछि नागरिकहरु खुसी भएका छन् ।
यसअघि छरिएर रहेको शाखाहरुबाट सेवा लिन नागरिहरुले दुख पाउने गरेको भन्दै अब एउटै भवनमा प्रवेश गरेपछि गाउँपालिकाबाट प्रवाह गर्ने सेवा सुविधा दिन सजिलो हुने पालिका अध्यक्ष राम कुमार आचार्यले बताउनुभयो ।
साविकको थाक्रे, केवलपुर, तसर्पु , भुमेस्थानका सबै भूभाग र गोगनपानी गाविसको ५, ६, ७ र ८ वडालाई समेटेर थाक्रे गाउँपालिका वनेको हो । यस गाउँपालिकामा ११ वटा वडा रहेका छन। गाउँपालिकाले स्थानिय तहको घोषणा भएदेखि महादेवबेशी बजारमा भाडाको घरबाट सञ्चालन हुंदै आईरहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |