धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२३ कार्तिक
धादिङको नेपाल रेडक्रस सोसाईटी नलाङ उप शाखाले भुकम्प प्रभावितहरुको लागि नगद संकलन गरेको छ । शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भुकम्पबाट प्रभावितहरुको लागि राहतको लागि नगद ७३ हजार ३ सय ५९ रुपैँया संकलन भएको नलाङ उपशाखाका सभापति अमृत गुरुङ –तिलक)ले जानकारी दिनुभयो ।
संकलित रकम नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखाको समन्वयमा नलाङ उप शाखा मार्फत धादिङ शाखालाई हस्तान्तरण गरिने अमृत गुरुङले जानकारी दिनुभयो ।सभापति गुरुङले आर्थिक सहयोग गर्नुहुने विद्यालयका शिक्षक,जु.रे.स.,यु.रे.स. लगायत सबैलाई धन्यवाद दिनुभएको छ ।
अकलादेवी माविबाट १७ हजार ७ सय ७०,शिद्धेश्वर माविबाट १२ हजार १ रपैँया,पञ्चमुखी माविबाट ११ हजार ८ सय ५०,नला पात्ले माविबाट ८ हजार ९ सय ८० रुपैँया,जलेश्वर माविबाट ६ हजार ७ सय २५ रुपँैया,मिन्दुका माविबाट ५ हजार ५ सय ३० रपैँया,नलाङ माविबाट ५ हजार ५ सय रुपैँया,अमर आदर्श माविबाट ५ हजार ३ रुपैँया गरी ६७ हजार ३ सय ५९ रुपैँया संकलन भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |