Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

रिगलको कैद मिनाह सर्वोच्चद्वारा बदर

नीलकण्ठ एफ.एम १४०७ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक १६, बिहिबार (२ साल अघि)
रिगलको कैद मिनाह सर्वोच्चद्वारा बदर

काठमाडौँ, १६ कात्तिक
सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाह गरी आममाफी दिने सरकारको निर्णय कार्यान्वयन नगर्न परमादेश जारी गरेको छ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपनाप्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज गरेको फैसलामा यसरी गरिने निर्णयमा वस्तुगत आधार र उचित कारण अभिव्यक्तरुपमा  खुलाएर मात्र निर्णय गर्ने गर्नु भनी प्रत्यर्थीका नाममा परमादेश जारी गरेको हो ।
अदालतको फैसलामा भनिएको छ, “निज प्रत्यर्थी रिगल ढकाललाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना पाँच दिन कैद निजलाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नु भनी प्रत्यर्थीका नाममा परमादेश जारी हुने ठहर्छ ।”
संविधान दिवसका अवसरमा गत असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकाल ९रिगल० को कैद मिनाहा भएको थियो । उक्त निर्णयविरुद्ध रिगलद्वारा हत्या गरिएका चेतन मानन्धरका पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वको टोलीले बहस गरेको थियो ।
गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भएपनि हेर्न नमिल्ने भएपनि सुनुवाइ सरेको थियो । त्यसअघि गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्नेको कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो।
साथै, अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेश गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्न समेत आदेश दिएको थियो । इजलासले सञ्चारमाध्यमको समेत ध्यानाकर्षण गराएको छ ।
“अदालतमा विवादले प्रवेश पाएपछि मुद्दा विचाराधीन रहेको अवस्थामा कतिपय विवादका सन्दर्भमा सर्वसाधारणमा अनावश्यक शंका उपशंका, भ्रम पैदा हुने गरी विभिन्न सञ्चारमाध्यमहरुमा समाचार सम्प्रेण हुने गरेको सिलसिला प्रस्तुत विवादका सन्दर्भमा पनि कायम रहेको देखिएको छ”, अदालतको आदेशमा भनिएको छ, “यसप्रकारणको प्रवृत्तिप्रति यस इजलासको ध्यानकर्षण भएको छ ।
न्यायिक प्रक्रियामा रहेका विषयमा अनावश्यक र भ्रमपूर्ण सूचना जानकारीहरु प्रचारप्रसार गरिएका विषयलाई कुनै सन्दर्भमा कानुनी दायरमा ल्याउनुपर्ने अवस्था समेत रहन सक्दछ, त्यसैले विचाराधीन मुद्दाको विषयबस्तुलाई लिएर अल्पसूचनाको आधारमा प्रकाशन र प्रशारण नगर्न नगराउन र अदालतको न्यायिक प्रक्रिया सहयोग गर्न सबै सञ्चारमाध्यमलाई अनुरोध गर्नु भनी सर्वोच्च अदालत प्रशासनका नाममा निर्देशनात्मक आदेश हुने ठहर्छ ।”
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • समाचार
    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0