धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङबेशी । धादिङको गंगाजमुना गाउँपालिकाले टोल विकास समिति तथा उपभोक्ता समितिहरुको लागि योजना कार्यान्वयन सम्बन्धी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
मंगलबार वडा नम्बर ५ मा आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजित बजेट कार्यक्रमलाई कार्यन्वयन गर्न टोल बिकास समिति तथा उपभोक्ता समितिहरुलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
बिकास निर्माणका कार्ययोजनाहरु कार्यन्वयन गर्दा असहज हुने,अनियमितता देखिने,काममा ढिलासुस्ती हुने,ईस्टमेट बमोजिमको कार्य प्रगतीमा कमजोर देखिने हुँदा गाउँपालिकाले एउटा कार्यबिधि नै बनाएर पालिका भरिकै सवै वडाहरुमा चरणबद्ध रुपमा यस किसिमको कार्यक्रम संचालन गरिने गंगाजमुना गाउँपालिकाका प्रवक्ता तथा वडा न ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारीले बताउनु भयो ।
वडा न ५ मा भएको कार्यक्रममा गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारी, कार्यपालिका सदस्य भद्रकुमारी नेपाली, योजना शाखा प्रमुख युवराज थपलिया, विभिन्न राजनैतिक दलका प्रतिनिधी, उपभोक्ता समिती,टोल बिकास समितीका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |