प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ, ३ कात्तिक
छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि एड्भेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ए टिम प्रथम भएको छ । धादिङस्थित ६ नं वैरेनी ब्यारेकमा ६ दशमलव ५ किलोमिटर दौड, २६ किलोमिटर साइकलिङ र ११ किलोमिटर र्याफ्टिङ प्रतियोगिता भएको थियो । उक्त खेलको तीन वटा चरण (दौड, साइकलिङ र ¥याफ्टिङ) पार गर्दै त्रिभुवन आर्मी क्लब ए टिम विजय भएको हो ।
त्यस्तै त्रिभुवन आर्मी क्लब बि टिम दोस्रो भएको छ । तेस्रोमा इन्डियन आर्मी ए टिम रहेको छ । त्यस्तै इन्डियन आर्मी बि टिम चौथो भएको छ भने एमटिबी स्टार पाँचौँ भएको छ । महिलातर्फ नेपाल आर्मी महिला टिम पहिलो भएको छ । यूनाइटेड फिक्कल एमटिबि स्क्वार्ड दोस्रो र डुल्वा केटीस तेस्रो भएको छ । प्रतियोगितामा २१ टिमका ८४ खेलाडीको सहभागिता थियो ।
पुरुषतर्फको प्रतियोगितामा प्रथम हुनेले रु एक लाख पचास हजार, दोस्रोले रु एक लाख, तेस्रोले रु ७५ हजार, चौथोले रु २५ हजार र पाँचौले रु १५ हजार पुरस्कार प्राप्त गरेका छन् । महिलातर्फ पहिलो हुनेले रु ७५ हजार, दोस्रोले रु ५० हजार र तेस्रोले रु ३० हजार प्राप्त गरेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |