प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१ कात्तिक
चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयको आयोजनामा स्वागत, बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महानपर्व शुभ बिजय दशमी,दिपावली र छठ पर्वको अवसर पारेर विद्यालयमा बधाई,स्वागत र शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयकाका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठको अध्यक्षता र नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा व्यवस्थापन समितिका सल्लाहकार कृष्ण कुमार श्रेष्ठ र सिपि कलेल व्यावस्थापन समितिका अध्यक्ष शान्त विक्रम बानियाँको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालय संयोजक शशी अर्याल,मावि ईन्चार्ज दिपक रेग्मी,विज्ञान संयोजक ईन्द्रराज श्रेष्ठ,पुर्व प्राथमिक ईन्चार्ज अनिता शाक्य लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा एसईई उत्रिर्ण विद्यार्थीलाई बधाई,कक्षा ११ मा भर्ना हुनुभएका विद्यार्थीलाई स्वागत र १२ कक्षा पास भएका विद्यार्थीलाई बधाई ज्ञापन गरीएको थियो । विद्यार्थीहरुलाई विद्यालयले टिका,जमरा लगाई एक एक वटा पेन दिएर स्वागत तथा बधाई ज्ञापन गरीएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थी भाईबहिनीहरुले सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |