वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ, ३० असोज ।
धादिङका तीन जना कृषक पुरस्कृत भएका छन् । जिल्ला स्तरीय रास्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धादिङको धुनिबेसी नगरपालिका–९ का मौरी पालक कृषक रामराजा पाण्डे, फुल खेती गर्ने कृषक पेमा डोल्मा, नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का भैंसी पालक कृषक विनोद कुमार श्रेष्ठ पुरस्कृत भएका हुन् ।
कृषि ज्ञान केन्द्र धादिङले उत्कृष्ट छनोट भएका तीन जना कृषकलाई ४३ औं खाद्य दिवसको अवसरमा जनही १२ हजार पाँच सय नगद र प्रमाण पत्र सहित पुरस्कृत गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले कृषि क्षेत्रमा धेरै समस्या भएको हुनाले स्थानिय तहले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । त्यस्तै कृषिमा नयाँ नयाँ कार्यक्रमहरु सञ्चालन गरेर कृषि पेसामा आम नागरिकहरुलाई प्रोत्साहन गर्नु आजको आवश्यकता रहेको अधिकारीले बताउनु भयो ।
त्यसैगरी प्रमुख जिल्ला अधिकरी बद्रीनाथ गैह्रेले कृषि पेसालाई सरकारले विशेष ध्यान दिएर बजेट छुटाउनु पर्ने बताउनुभयो । अबको किसानहरुले कृषि पेसालाई व्यवसाई मुखी बनाएर लैजानु पर्ने उहाँले बताउनु भयो । कृषि पेसामा आत्मर्निभर हुनको लागि आधुनिक उपकरणहरुको प्रयोगमा जोड दिनुपर्ने प्रमुख जिल्ला अधिकरी गैह्रेको भनाइ छ ।
कृषि ज्ञान केन्द्र धादिङका प्रमुख निर्मला गुरुङको सभापतित्वमा सम्पन्न्न कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्य तथा प्रमुख जिल्ला अधिकरी बद्रीनाथ गैह्रेको विषेश आतिथ्य रहेको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।