धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२७ असोज ।
ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ स्थित ३ टोललाई नमुना सफा तथा स्वच्छ गाउँ घोषणा गरीएको छ । शनिबार एक कार्यक्रमकाबिच गाउँपालिकाका अध्यक्ष यमनाद दनैले दरथोक, से खाम, धारापानी टोललाई नमुना सफा तथा स्वच्छ गाउँ घोषणा गर्नुभएको हो । ज्वालामुखी गाउँपालिका वडा नम्बर १ को आयोजना तथा ज्वालामुखी गाउँपालिका र शान्ति नेपालको सहयोगमा ३ टोलहरुलाई नमुना सफा तथा स्वच्छ गाउँ घोषणा गरिएको हो । नमुना सफा र स्वच्छ गाउँ घोषणा गरिएको दरथोक, से खाम, धारापानी टोलमा २१९ घरधुरी रहेको छ ।

नेपाल सरकारको पुर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसार सफा र स्वच्छ टोल घोषणा हुनको लागि आवश्यक पर्ने सवै सुचकहरु पुरा गरेकाले उक्त टोलहरुलाई पुर्ण सरसफाइ युक्त स्वच्छ र सफा गाउँ घोषणा गरिएको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिनुभयो। पुर्ण सरसफाइ मार्गदर्शन २०७३ ले ५ वटा ब्यवहारहरु नियमित रुपमा चर्पीको उचित प्रयोग, ब्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी, सुरक्षित र स्वच्छ खाना, घर तथा आँगनको सरफाइका १५ वटा सुचकहरु पुरा गरेमा पूर्ण सरसफाईयुक्त गाउँ भन्न मिल्ने श्रेष्ठले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले २०८२ सालसम्म ज्वालामुखी गाउँपालिकालाई नमुना, सफा तथा स्वच्छ गाउँ घोषणा गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभएको छ । ज्वालामुखी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँ पालिकाका अध्यक्ष यमनाथ दनैको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालको विशेष आतिथ्यता रहेको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठ, शान्ति नेपालका परियोजना संयोजक इन्द्रमान शाक्य लगायतको आतिथ्य रहेको थियो । ज्वालामुखी गाउँपालिको यसअघि वडा नं ३ को मिलिजुली टोल र सन्यासी टोल, वडा नं ५ को दुई घरे भदुवार र खाली गाउँ, वडा नं ७ को धारा पानी, डाँडा थोक, थापा थोक र कोट थोक गाउँलार्ई नमुना, सफा तथा स्वच्छ गाउँ घोषणा गरेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |