धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२१ असोज
गोदार थापा सेवा समाज धादिङको पहिलो बैठक तथा भेला थाक्रे गाउँपालिका वडा नम्बर ७ सातकिलोमा सम्पन्न भएको छ । शनिवार गोदार थापा सेवा समाज धादिङका अध्यक्ष कृष्ण बहादुर गोदार थापाको अध्यक्षतामा बसेको बैठकले विभिन्न ६ वटा महत्वपुर्ण निर्णय समेत गरेको छ । धादिङ जिल्लाभर छरिएर रहेका गोदार थापाहरुलाई एकत्रित बनाई बंशावली खोजि गर्ने उदेश्यले गोदार थापा सेवा समाज धादिङको गठन गरीएको सचिव रामकुमार थापाले जानकारी दिनुभयो ।

बैठकले गोदार थापा सेवा समाज धादिङलाई दर्ता गरी बैधानिक रुपमै सन्चालन गर्ने निर्णय समेत गरेको छ ।बैठकले पालिका स्तरमा गोदार थापा सेवा समाज गठन गर्ने,जिल्लाको कार्यालय जुँगेखोलामा राख्ने,कृषि विकास बैंकमा खाता सन्चालन गर्ने समेत निर्णय भएको छ । गोदार थापा सेवा समाजमा शनिवार १० हजार ५० रुपैँया समेत संकलन गरीएको छ । गोदार थापाहरुले मान्दै आएको बाह्र मष्ट कुलदेवता,कालरात्री लगायतको पुजा विधीलाई एकत्रित बनाउने समेत निर्णय भएको छ । जिल्लाभर रहनुभएको गोदार थापा बन्धुहरुलाई गोदार थापा सेवा समाजमा आवद्ध हुन समाजले आग्रह गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |