धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडकोे १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केशरीप्रसाद पन्तको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारण सभामा संस्थाका सचिव शिव प्रसाद रिजालद्धारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन तथा कोषाध्यक्षद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमत पास गरिएको छ । संस्थाले साधारण सभाकै अवसर पारेर एस.ई.ईमा उत्कृष्ट जीपिए हासिल गर्ने शेयर सदस्यका छोरा छोरीलाई सम्मान समेत गरेको छ । त्यसैगरी २ जना असल ऋणी र ५ जना शेयर सदस्यहरु बढी अभिवृद्धि गर्ने शेयर सदस्यलाई सम्मान गरिएको संस्थाका अध्यक्ष केशरी प्रसाद पन्तले जानकारी दिनुभयो । ५८० जना शेयर सदस्य रहेको शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लि.ले आ.व. २०७९/०८० मा १२ लाख ९५ हजार ३ सय ६३ नाफा कमाउन सफल भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनुभएका नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारीले धादिङको शिक्षकहरुको ऐतिहासिक महत्व बोकेको सहकारीको रुपमा शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था रहेको भन्दै शिक्षकहरु आन्दोलन न्याय पुर्ण र जायज भएकोले शिक्षकहरुको माग पुरा गराउन आफ्नो ठाउँबाट सहयोग गर्ने बताउनु भएको छ ।
उहाँले संविधानमा लेखिएका कुराहरु असमानता भेदभाव गर्न नुहने भन्दै संविधानलाई सहि ढङ्गले बिभेद नगरिकन कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |