धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित भद्रकालि आँखा उपचार केन्द्रमा भएको निशुल्क आँखा शिबिरमा १३१ जनाको मोतियाविन्दुुको अप्रेसन गरिएको छ । बेनिघाट रोराङ गाउँपालिका, नेपाल नेत्रहिन संघ र भरतपुर आँखा अस्पतालको सयुक्त आयोजनामा निशुल्क आखा शिविर संचालन गरिएको थियो ।
गाउँपालिकाको बिभिन्न स्थानमा असोज ८ गते देखि सुरु भएको निशुल्क आँखा शिविरमा ११७१ जनाले आँखा जाँच गराएका थिए । जाँचको क्रममा १६८ जनाको मोतियाविन्दुको अप्रेसन गर्नुपर्ने देखिएको थियो । ६९ जनाले पावर चस्मा र ९२९ जनालाई औषधि बितरण,१३१ जनालाई अप्रेसन सहितको कालो चस्मा वितरण गरिएको बेनिघाट रोराङ गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख ब्रजेश तामाङले बताउनु भयो । स्वास्थ्य शाखा प्रमुख ब्रजेश तामाङ बाईट
समापन समारोहलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले जेष्ठ नागरिकहरु समाजका अगुवा रहेको भन्दै जेष्ठ नागरिकहरुको सम्मानका निमित्त यस किसिमको कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
उपाध्यक्ष टाप बहादुर श्रेष्ठ बाईट
जेष्ठ नागरिकहरुलाई घर घरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै दशैको बेलामा एक जोर कपडा समेत बितरण गर्ने कार्यक्रम रहेको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले बताउनु भयो । उहाँले ८४ बर्ष भन्दा माथिका उमेर समुहका बृद्धका लागी दरुवा सुरुवाल र बृद्धाका लागी फरिया र चोलो बितरण गरेर जेष्ठ नागरिकको सम्मान गरिने बताउनु भएको हो । उहाँले आगामी ३/३ महिनामा निशुल्क आँखा शिविरको कार्यक्रम संचालन गरिने र जेष्ठ नागरिकहरुलाई स्वास्थ्यमा पहुँच पुगोस भन्ने अभिप्रायले निति तथा कार्यक्रममै समावेश गरेर जेष्ठ नागरिक सम्मान लगाएत यस किसिमको कार्यक्रम राखीएको उहाँले बताउनु भयो ।
अध्यक्ष कृष्ण बहादुर थपलिया बाईट
गाउँपालिकाले घरमा नै पुगी ल्याई निशुल्क रुपमा मोतियाबिन्दुको अप्रेसन गराईदिएकोमा स्थानियहरु खुसी भएका छन् ।
स्थानिय बाईट
।







निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |