धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१४ असोज
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का सम्पुर्ण शिक्षकहरुको लागि एक दिने सुचना तथा सन्चार प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ को आयोजनामा वडा भित्र रहेको ४ वटा विद्यालयका ४५ जना शिक्षक÷शिक्षिकाहरुको सहभागितामा तालिम सन्चालन गरीएको हो ।
सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने,सामुदायिक विद्यालय प्रतिको विश्वास बढाउन,विद्यार्थी संख्यामा बृद्धि गर्न शिक्षकहरुलाई सुचना तथा प्रविधिमा जानकारी दिने उदेश्यले तालिम सन्चालन गरीएको वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)ले जानकारी दिनुभएको छ । वडाको बजेटबाट शिक्षा सुधारको लागि विभिन्न कार्यक्रम सन्चालन गरीरहेको भन्दै दशैँ अगाडीनै अंग्रेजी भाषा सम्बन्धी तालिम सन्चालन गर्ने पनि भण्डारीले जानकारी दिनुभयो ।
विकासको पहिलो आधार नै शिक्षा भएको भन्दै भण्डारीले वडाले शिक्षा सुधारको लागि विभिन्न समिति बनाएर काम गरीरहेको पनि बताउनुभयो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको तालिममा नीलकण्ठ नगरपालिकाका श्रोतव्यक्ती मेघनाथ कोईराला र प्रशिक्षक नारायण खत्री(नयन केसी) ले विषयबस्तु माथि सहजिकरण गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |